मेरी पाठशाला पर निबंध – Meri paathshala par nibandh

मेरी पाठशाला पर निबंध

मेरी पाठशाला का नाम सरस्वती विद्यामंदिर है। यह एक आदर्श पाठशाला है। मेरी पाठशाला बहुत ही सुंदर और स्वच्छ पाठशाला है। मेरी पाठशाला में कक्षा पहली से लेकर 10 वीं तक के छात्रों को पढ़ाया जाता है। इसमें लगभग 500 विद्यार्थी पढ़ते है। मेरे पाठशाला में बच्चों को बहुत ही अच्छी शिक्षा दी जाती है।

मेरे कक्षा अध्यापक सभी बच्चों से प्यार से पेश आते है और प्रतिदिन अच्छी चीजों को सिखाते हैं। मेरी पाठशाला में एक बड़ा सा खेल का मैदान है। मेरी पाठशाला में एक पुस्तकालय, प्रयोगशाला और कम्प्यूटर कक्ष भी है। मेरे पाठशालामें दूर से आने वाले विद्यार्थियों के लिए स्कूल बस की व्यवस्था प्रदान की गई है।

हमारी पाठशाला सुबह के समय शुरू होती है। हमारी पाठशाला में सबसे पहले प्रार्थना होती है। हमारी पाठशाला एक मंदिर के सम्मान है जहाँ हम रोज पढ़ने आते है ताकि अपने जीवन में उज्जवल भविष्य प्राप्त कर सके । यहाँ अपने से बड़ो का सम्मान करना सिखाया जाता है।मुझे मेरी पाठशाला बहुत पसंद है।

2.) मेरी पाठशाला निबंध हिंदी में | Meri paathshala par nibandh 

हमारे जीवन की सभ्य बनाने में पाठशाला का सबसे बड़ा योगदान होता है। पाठशाला एक मंदिर के समान है। जहाँ हम रोज पढ़ने आते है ताकि अपने जीवन में उज्ज्वल भविष्य प्राप्त कर सके। मेरी पाठशाला का नाम   आदर्श विद्या मंदिर है। यह बहुत ही सुंदर और स्वच्छ पाठशाला हैं। हमारे पाठशाला में कक्षा पहली से लेकर 10 वीं कक्षा तक के विद्यार्थी पढ़ते है। विद्यार्थीयो के लिए कंप्यूटर लैब, विज्ञान लैब, एक पुस्तकालय, खेलने के लिए मैदान, कार्यक्रमी के लिए हॉल आदि सुविधाएँ उपलब्ध हैं। हमारे पाठशाला में हमारी जरूरत की सुविधाएँ उपलब्ध कराई जाती है।

पाठशाला में अनेक शिक्षक , शिक्षिकाएँ हैं। हमारे शिक्षक बड़े योग्य हैं। वे हमे प्यार से पढ़ाते है। हम अपने शिक्षको का आदर करते हैं।हमारे पाठशाला में बहुत ही सख्ती से अनुशासन का पालन किया जाता है।

हमारी पाठशाला हमारे लिए हर प्रकार से प्रेरणास्रोत है, लाभदायक है जो की हमारे उज्ज्वल भविष्य के लिए एक उत्तम माध्यम है।

मेरी पाठशाला सबसे अच्छी है। मैं वहा हर दिन नई बाते सीखाता हूँ। मुझे हर रोज पाठशाला जाना पसंद है।

3.) मेरी पाठशाला हिंदी निबंध

मानव जीवन को सभ्य बनाने में सबसे बड़ा योगदान पाठशाला का होता है। पाठशाला का अर्थ होता है, जिस स्थान पर ज्ञान का वास हो । सही शिक्षा से ही किसी भी बच्चे का भविष्य निश्चित होता है और सही शिक्षा की शरुवात पाठशाला से ही होती है।

मेरी पाठशाला का नाम …… है। मेरी पाठशाला ……….में स्थित है और यह पाठशाला बहुत बड़ी है। मेरी पाठशाला की इमारत. __. मंजिली है। हमारे स्कूल में नर्सरी से लेकर दसवीं कक्षा तक के विद्यार्थी पढते हैं। विद्यार्थीयों के लिए कंप्यूटर लैब, विज्ञान लैब, एक पुस्तकालय, खेलने का मैदान, कार्यक्रमों के लिए हॉल आदि सुविधाएँ उपलब्ध हैं। हमारे पाठशाला में हमारी जरुरत की सुविधाएँ उपलब्ध कराई जाती है।

पाठशाला में अनेक शिक्षक, शिक्षिकाएँ हैं। हमारे शिक्षक बड़े योग्य हैं। वे हमे प्यार से पढ़ाते हैं।हम अपने शिक्षकों का आदर करते हैं। हमारे पाठशाला में बहुत ही सख्ती से अनुशासन का पालन किया जाता है।

हमारी पाठशाला हमारे लिए हर प्रकार से प्रेरणास्रोत है, लाभदायक है जो की हमारे उज्जवल भविष्य के लिए एक उत्तम माध्यम है । मेरी पाठशाला सबसे अच्छी है। मैं वहाँ हर दिन नई बातें सीखता हूँ। मुझे हर रोज पाठशाला जाना पसंद है।

फ्लोरेन्स नाइटिङ्‌गेल जीवनी नेपाली । Biography of Florence Nightingale

फ्लोरेन्स नाइटिङ्‌‌गेल (जीवनी)

फ्लोरेन्स नाइटिङ्गेल (Florence Nightingale) को जन्म १२ मे १८२० इटालीमा जन्मेकी थिइन् । इटालीको फ्लोरेन्स भन्ने ठाउँमा जन्मेकीले उनको नाम फ्लोरेन्स नाइटिङ्गेल हुन गएको हो। उनीलाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ । दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई “द लेडी विद द ल्याम्प” (बर्ती लिएकी केटी) भनेर पनि चिनिन्छ। फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा भएको थियो ।

नाइटिङ्गेलको बाल्यकाल सुखसयलमा बितेको थियो । उनले राम्ररी पढ्नेलेख्ने मौका पाएकी थिइन्। सानै उमेरमा फ्लोरेन्स नाइटिङ्गललाई रोगी बिरामीको सेवा गर्ने इच्छा भयो। त्यसैले उनले नर्स हने विचार गरिन्। त्यति बेला नर्सको काम राम्रो मानिदैनथ्यौ। हुने खाने मानिसका छोराछोरीले नर्सको जागिर खँदैनथे । नाइटिङ्गेलका आमा बुवाले नाइटिङ्गेललाई नर्स बन्नु हुँदैन भनेर सम्झाए। तर उनीहरुले नाइटिङ्गेलको मन फर्काउन सकेनन्। नर्स बन्ने कुरा भुल्छे कि भनेर उनीहरुले नाइटिङ्गेललाई रोम (इटालीको राजधानी) घुम्न पठाए। तर उनी नर्स बनेरै छाड्ने अठोट गरेर चाँडै रोमबाट घर फर्किन्। उनी विद्यालय र अस्पताल घुम्न मन पराउँ थिन। सन् १८४९ मा उनले युरोपका धेरै मुलुकको भ्रमण गरिन् । यस भ्रमणबाट उनले धेरै अस्पतालहरु हेर्ने मौका पाइन् । पहिलेको समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुसार गर्ने कार्य उतिसारो हुँदैनथ्यो। त्यसमा पनि उच्च घरानियाँ मानिसले नर्सिङको काम गर्न त बर्जित अथवा जात जाने किसिमको काम ठानिन्थ्यो। फ्लोरेन्सले त्यसबेलाको पुरातनबादी सोचलाई चिर्दै नयाँ युगको सुरूवात गरेकी थिइन् ।

सन् १८५३ मा बेलायतको लन्डन सहरको चन्डोज भन्ने ठाउँमा बिरामी महिलाको उपचार गर्ने नर्सिङ होम अस्पताल खोलियो। नाईटिङ्गेलले त्यस नर्सिङ होमको रेखदेख गर्ने जिम्मा पाइन् । उनी बिरामीको सरसफाइमा धेरै ध्यान दिन्थिन्। बिरामीलाई स्वच्छ हावा आउने कोठामा सुताउँथिन् । उनको सेवाले धेरै बिरामी खुसि भए। उनको नाम धेरै ठाउँमा फैलियो। त्यसपछि फ्लोरेन्स नाइटिङ्गेललाई विभिन अस्पतालमा काम गर्न बोलाउन थालियो। अक्टोबर १८५४मा उनले ३८ महिलाहरूको एउटा दल तयार गरी घाइतेको सेवामा टर्की पठाइन् । यही समयमा रुस र टर्की भन्ने दुई देशका बिचमा लहुँई सुरु भयो । त्यो अस्पतालमा घाइते सैनिकले भरियो। त्यहाँ डाक्टर, नर्स र औषधी नपुग भएको कुरा पत्रपत्रिकामा छापिन थाले। उपचारको राम्रो व्यवस्था नभएका कारण त्यहाँ धेरै सैनिक मरिरहेका थिए। सो कुरो थाहा पाएपछि नाइटिङ्गेलले त्यस अस्पतालमा गएर काम गर्ने निधो गरिन् । बेलायतको सैनिक अस्पतालले नाइटिङ्गेललाई मुख्य नर्स बनाएर क्रिमिया पठाउने भयो।

फ्लोरेन्स नाइटीङ्गेल स्कुतरी अस्पताल पुग्नु अगाडि त्यहाँ भर्न भएका आधाजसो सैनिकको मृत्यु हुने गरेको थियो। उनको सेवा पाएपछि त्यहाँ मर्ने सैनिकको संख्या कम हुन थाल्यो। नाइटिङ्गेल चौबिसै घन्टा घाइते सैनिकको सेवा गर्दथिन् । उनीले बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटीरहेकी हुन्थिन् । रातभर् नुसुति हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उनलाई “द लेडी विद द ल्याम्प” (बत्ती लिएकी केटी) भन्न थालियो । सन् १८५९मा फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा एक नाइटिङ्गेल प्रक्षिक्षण विद्यालयको स्थापना गरिन् । यसै बेला उनले नोट्स अन नर्सिङ पुस्तक लेखिन् ।

जीवनको बाँकी समय उनले नर्सिङको कार्य बढाउने वा यसलाई आधुनिक रूप दिनमा व्यतित गरिन् । सन् १८६९मा उनलाई महारानी भिक्टोरियाले रोयल रेड क्रस सम्मानबाट सम्मानित गरिन्। फ्लोरेन्स नाइटिङ्गेल ९० वर्षको उमेरमा १३ अगस्ट, १९१० मा निधन भयो।

भैरव अर्याल जीवनी । Biography of Bhairav Aryal in Nepali

नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रका ख्यातिप्राप्त प्रतिभा भैरव अर्यालको जन्म वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका थिए । उनको आमाको नाम खेमकुमारी अर्याल र बुवाको नाम होमनाथ अर्याल होउनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन् । भैरव अर्याल साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन् ।अर्यालका काउकुती, जयभुँडी, गलबन्दी, इतिश्री, दश औतार लगायत कृति प्रकाशित छन् ।

समाजका विभिन्न क्षेत्रका विसङ्गति प्रति व्यङ्ग्य गर्दै उनले कुतकुत्याउने शैलीका कारण पाठकलाई व्यङ्ग्यको तीतो- टर्रो ग्रहण योग्य बनाएको पाइन्छ । नेपालीमा एम. ए., साहित्य रत्न र संस्कृतमा मध्यमासम्म को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरे । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीं पत्रकार नियुक्त भएका हुन् र पछि गोरखापत्रको सम्पादन समूहमा रहे।

‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे । ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रहयो। कविता लेखनबाट साहित्य यात्रा शुरुवात गरेका भैरव अर्यालले २०१३ सालमा हास्यव्यङ्ग्यात्मक निबन्धका माध्यमबाट नेपाली निबन्ध विधामा प्रवेश गरेका हुन् । कविता लेखनसँगै निबन्ध लेखनको पूर्वाअभ्यास गरेका अर्यालले २०१३ सालमा ‘खोलापारिका पुरेत बाजे निबन्ध ‘हालखबरु पत्रिकामा प्रकाशित गराएर औपचारिक रूपमा निबन्ध यात्रा शुरु गरेका हुन् ।

उनका काउकुती (२०१९), जयभुँडी (२०२२), गलबन्दी

(२०२६) इतिश्री (२०२८), दस औतार (२०३३) र टेढो ऐना (२०६३)जस्ता हास्यव्यङ्यात्मक निबन्ध सङ्ग्रहरू प्रकाशित छन् । उनका टेढो ऐना बाहेकका निबन्ध सङ्ग्रहहरूलाई भैरव पुरस्कार गुठीले २०६० सालमा भैरव अर्यालका हास्यव्यङ्ग्य शीर्षकको स‌ङ्ग्रहमा सङ्ग्रहित गरेको छ । लगभग १७ वर्षको लेखन अवधिमा यति धेरै निबन्ध नेपाली निबन्ध साहित्यलाई दिने अर्यालले हास्यव्यङ्ग्य निबन्धको विकासमा विशेष योगदान पुर्याएका छन्। साझा कथा, साझा निबन्ध, छ्याकन कविता सङ्ग्रहको सम्पादन गरेका अर्यालले रचना, रत्नश्री, मधुपर्क गोरखापत्र र हालखबर जस्ता पत्रिकाको समेत सम्पादन गरेका थिए। उनले गोरखापत्रको सम्पादकीय फाँटमा जागिरे भएपछि राजनीतिक, सामाजिक र आर्थिक महत्वका समसामयिक लेखहरू लेख्दै खारिएको मस्तिष्कबाट हास्यव्यङ्ग्य निबन्धमा कुशलता प्राप्त गरको देखिन्छ । उनका निबन्धमा हास्यका साथसाथै व्यङ्ग्यका झटाराहरू हानिएका हुन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशको चित्रण उनका निबन्धमा गरिएको हुन्छ। उनी आत्मपरक निबनधकार हुन् । उनलाई सफल बनाउने प्रवृत्ति भने हास्यव्यङ्ग्य नै हो. उनी समाजमा भएका बेथिति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्दछन्। उनले सर्वप्रथम वि. सं. २००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन्। उनको पहिलो रचनाका रूपमा वि. सं. २०१३ मा ‘नव निर्माण’ शीर्षकको कविता प्रकाशित भएको थियो ।

उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमा कलम चलाए। सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति व्यङ्ग्य गर्नु उनको मुख्य विशेषता हो। मानवीय स्वभावमा रहने कमी कॅमजोरीप्रति पनि आलोचना तथा व्यङ्ग्य गर्नु उनका निबन्धको उद्देश्य रहेको देखिन्छ । उनी पाठकलाई हँसाएर व्यङ्ग्यको तितोपनालाई ग्रहण योग्य बनाउन समर्थ छन् । उखान टुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोग गरेर व्यङ्ग्यका लागि आवश्यक पाइनदार भाषाको प्रयोग गर्न पनि उनी खप्पिस छन् ।

नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्य आकाशका कहिल्यै ननिभ्ने तारा हुन् । उनको मृत्यु काठमाडौँको गोकर्णमा वि.सं. २०३३ मा भएको थियो ।

किताब नेपाली निबन्ध । Essay on Book in Nepali

( किताब )

पुस्तक वा किताब शव्दहरू, चित्रहरू, लगायत विभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो। आजको आधुनिक समयमा किताब बिद्युतीय पनि हुन सक्छ जसलाई (इ-बूक्) भनिन्छ । केही पुस्तकहरूमा तस्बीर पनि हुन्छन् त केहीमा हुँदैनन् । सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई खोलले ढाकिन्छ । पुस्तकहरूका ठूलो समूहलाई पुस्तकालय भनिन्छ। कुनै साहित्यिक कार्य वा त्यस्तो कामको मुख्य शाखालाई पनि किताब भनिन्छ ।

किताब ज्ञानको सागर हो जहाँ हामी अनमोल रत्नहरु भेटाउन सक्छौं। किताबले हामीमा भएको अज्ञानतालाई हटाएर जीवनमा सहि बाटो हिड्न प्रेरित गर्छ। किताब साधारणतय कागज‌का पृष्ठहरुबाट बनेको हुन्छ । अजभोली त अनेकौं इलेक्ट्रोनिक उपकरणहरु द्धारा किताबहरु अनलाईन मार्फत निशुल्क र सःशुल्क पढ्न र किन्न सकिन्छ । कागजबाट बनेको किताबमा आफ्नो नाम लेख, पढ्दै जाँदा मन परेका कुराहरुमा चिन्ह लगाउन पनि सकिन्छ तर अनलाई किताबमा त्यस्तो गर्न सकिदैन ।

पुस्तकहरूलाई दुई मुख्य श्रेणीहरूमा बिभाजन ग्ग्रिन्छ, परिकथा र गैरपरिकथा। कथाहरू सत्य होइनन्, कपोलकल्पित हुन भने त्यसलाई परिकथा भनिन्छ। सत्य घटनामा आधारित पुस्तक तर काल्पनिक पात्रहरू वा संबादहरू भएका छन् भनेपनि सामान्यतया त्यो मात्र परिकथा हुन जान्छ। गैरपरिकथा सत्य तथ्य, जस्तै इतिहास, विज्ञान, वा जीवनीको बारेमा पुस्तक हो।

पुस्तकहरू कुनैपनि विषयमा हुन सक्छन्, बगैंचा देखि मानव शरीर सम्म। किताब कुराकानी पछिको सञ्चारको सबैभन्दा पुरानो माध्यम यहि हो। पुस्तक ठूलो श्वरले पढ्न वा आफैमात्र पढ्न सकिन्छ । पुस्तक एक ब्यक्ति वा धेरै ब्यक्तिहरू मिलेर लेख सकिन्छ । पुस्तकहरू आनन्दको लागि पढ्न सकिन्छ वा आवश्यक विषय, जस्तै गणित, को जानकारीका लागि प्रयोग गरिन्छ। किताब साहै मन पराउने र जहिले पनि किताब पढि रहने लाई किताबी किरो भनिन्छ ।

किताब हाम्रो जीवनमा अन्यन्त महत्वपूर्ण पाटो हो। किताब पढेर नयाँ नयाँ कुराहरुको जानकारिहरु प्राप्त गर्न सकिन्छ। किताबले हामीहरुलाई सबै क्षेत्रहरुको बारेमा ज्ञान् दिन्छ। किताबले विभिन्न प्रकारका रोचक प्रसँगहरु जस्तै हसाउने, रुवाउने, अचम्मित पार्ने खालका गितविधिहरुका बारेमा बताउँछ साथै नयाँ कुराहरु सिकाउँछ। किताब एउटा सूचना र ज्ञानको भण्डार हो। किताब बाट हामी सजिलैसँग ज्ञानको आदान प्रदान गर्न सक्छौं । किताब सिक्ने र सिकाउ प्रक्रियामा ठूलो भूमिका खेलेको हुन्छ । किताबले गर्दा नै आज हामीहरुले आफ्नो इतिहाँसको बारेमा अध्ययन गर्न पाएका छौं। किताब पढ्नु एउटा असल बानी हो । त्यसैले हामी सबैले किताब पढ्ने बानी बसाल्नुर्छ । नेपालीमा एउटा उखान छ पुरानो कोट लगाउ, नयाँ पुस्तक किन।

बिरामी बिदा पाउँ बारे । निवेदन । Sick leave application to principal in Nepali


मितिः २०८०/१०/२४

श्रीमान् प्रधानाध्यापक ज्यू,

श्री मसिलाल जन्ता माध्यमिक विद्यालय कुशहा, सप्तरी।

विषयः-बिरामी बिदा पाउँ बारे।

महोदय,

सेवामा सविन्य नम्र निवेदन यो छ की मलाई हिजो राति देखि ज्वरो, रुघा खोकीले ग्रसित भएको छु । त्यसै कारणले म विद्यालयमा उपस्थित हुन सक्दिन । श्रीमान् सँग अनुरोध गर्दछु कि मलाई मिति २०८०/१०/२४ देखि मिति २०८०/१०/३० गते सम्मको लागि एक हप्ताको बिदा स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु। साथै डाक्टरको सल्लाह अनुसार मैले एक हप्तासम्म आराम गर्नु पर्छ भन्नु भएको छ। तपाईको हृदयदेखि आमारी हुनेछु ।

तपाईको आज्ञाकारी छात्र

रविन्द्र कुमार चौधरी

कक्षाः ९ रोल नं.१२

शिक्षाको महत्व नेपाली निबंध।Essay on importance of Education in Nepali

शिक्षाको महत्व

—————————

शिक्षा भनेको मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ शिक्षा भनेको ज्ञान हो। शिक्षा बिना मानिसको जीवन पूर्ण हुन सक्दैन । मानिसलाई आफ्नो जीवनयापन गर्नका लागि तैयार पार्ने प्रमुख माध्यम नै शिक्षा हो। शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ। पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन शिक्षाकै कारण नै यो संसार छ ।

यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । समाजमा मानिसले जन्मेपछि नै अनेक तवरबाट ज्ञान प्राप्त गरेको हुन्छ । कुनै वस्तु देखेर, सुनेर, छामेर पनि ज्ञान प्राप्त गर्दा सकिन्छ । शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने-गराउने वा पढेने बन्दोबस्त मिलाउने कार्य भन्ने बुझिन्छ। सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो।

शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इक्षा वा चाहनाको महत्त्व हो। शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ । शिक्षा विना मानिस ज्ञानले अन्धो नै हुन्छ । शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ। शिक्षाको उज्यालो घामबाट कुनै पनि व्यक्त बञ्चित हुनु भनेको जीवनको गहिराइमा बुझ्न नसक्नु हो, अध्यारो खाडलमा जीवनलाई धकेल्नु हो, शिक्षारुपी…

ज्ञानबाट नै मानिसले राम्रो नराम्रो, असल खराब आदि छुट्याउन सक्छ । सहि बाटोलाई पहिल्याउन सक्छ । यसैबाट मानिस लगनशील इमान्दार र सभ्य नागरिक पनि बन्न सक्छ । त्यसैले जुन गाउँ समाज र राष्ट्रमा मानिस शिक्षित छन् त्यो गाउँ समाज र राष्ट्र सुखी र समृद्धशाली बन्दछ । मानिसलाई पूर्ण जीवन व्यतित गर्नका लागि तयार गर्नु नै शिक्षाको मुख्य उद्देश्य हो । यस्तो महत्वपूर्ण शिक्षाको महत्व मानव जीवनमा अपरिहारय छ । कतिपय समुदायका व्यक्तिहरु अझैपनि शिक्षावाट….

बन्चित भएका छन् । अशिक्षाको कारणले गर्दा अहिले लाखौँ नेपाली युवाहरु बिदेशीन बाध्य भएका छन् । अशिक्षाको कारणले गर्दा आम नेपालीहरु पराइ भूमिमा रातदिन पसिना बगाउन बाध्य भएका छन् । कति नेपालीहरु आफ्नो ज्यान पनि गुमाईरहेका छन् । अशिक्षाको कारणले गर्दा र नेपालमा बेरोजगार भएपछि एउटा सुन्दर सपना बोकेर विदेशिने नेपालीहरु बाकसमा लास भएर नेपाल फर्किन परेका छन् । कति घरवारविहीन भए।

नारी र पुरुष दुवै शिक्षित भए भने मात्र समाज वा राष्ट्रको उन्नति हुन् सक्छ। नारीले पनि पुरुष सरह पढ्न पाउनुपर्ने कुरामा सबैले जोड दिनु अति आवश्यक छ। अझै पनि हाम्रो देशका कतिपय ठाउँमा छोरीहरूलाई पढाउने गरिँदैन। यसरी छोराहरू मात्र शिक्षित भई ठाउँमा छोरीहरू शिक्षित भएनन् भने शिक्षाको कुनै अर्थ रहँदैन। नारीहरू अशिक्षित हुँदा समाज र राष्ट्रको विकास पुरा नभई अधुरो रहन्छ। त्यसै गरी आज शिक्षामा ब्यापारीकरण भइरहेको छ। शिक्षालाई व्यापारको मध्यम बनाई…

करोडौँ रुपैयाँ कमाउनका लागि आज धेरै संख्यामा विद्यालयहरू खुलिरहेका छन् । शिक्षा आर्जन गर्ने कुरा हो । यो किनबेच गर्ने कुरा होइन । छिमेकी मुलुकबाट शैक्षिक प्रमाणपत्र किनेर ल्याई आफूलाई शिक्षित मान्ने महामूर्खहरू पनि हाम्रो समाजमा नभएका होइनन्। प्रमाणपत्र बटुल्न कार्य मात्र शिक्षित हुनु होइन। यस्तो शिक्षाले कुनै पनि नागरिकलाई फाइदा पुर्याउँदैन। हामीले सकेसम्म गुण स्तरीय शिक्षामा जोड दिनु पर्दछ । मुलुकको माटो सुहाउँदै वैज्ञानिक, रोजगार मूलक,

व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो ट्यांकरो रूपमा देखा परको छ। यस्तो शिक्षा दिन सकेका खण्डमा नै व्यक्ति जति र राष्ट्रको उन्नति हुन् सक्दछ अनि यसबाट शिक्षाको महत्त्व पनि झल्किन्छ। शिक्षा मानव जतिको आभूषण वा गहना हो । यसले समाजमा मानिसको इज्जत र मन प्रतिष्ठा बढाउँछ। शिक्षित व्यक्तिको सर्वत्र कदर पनि गरिन्छु । मानिसलाई शिक्षाले आमाले दिने जस्तो सुख पनि कम छैन। यसले मानिसलाई दरो बनाइदिन्छ। त्यसैले शिक्षा वा विद्या कुनैपनि व्यक्ति अनमोल सम्पति हो ।

पढे लेखेको व्यक्तिले कहिले पनि दुख पाउँदैन भन्ने कुरा पनि ठीक छ। अर्कातिर विद्या नभएको मानिस पशु सरह हुन्छ र यसले समाजमा मान पनि पाउँदैन । अशिक्षित मानिस भौतिक दृष्टिले जतिसुकै सम्पन्न भए पनि उसले भित्रि मनका सुख प्राप्त गर्न सक्दैन। आजको युगमा अशिक्षित मानिसले केहीपनि गर्न सक्दैन अनि अशिक्षित नागरिकहरुबाट कुनै पनि राष्ट्रले उन्नति प्रगति गर्न सक्दैन। शिक्षानै हरेक किसिमका उन्नतिको मुहान भएकोले यसैबाट व्यक्ति, समाज, राष्ट्र र विश्वको उन्नति हुन् सक्दछ ।

आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारणले भएको हो। यसले मानिसले भौतिक सुख र आत्मिक सुख दुवै प्रदान गर्दछ । शिक्षाले नै व्यक्ति, जति र राष्ट्रको उन्नतिमा ठूलो टेवा पुर्याउन भएकोले यसको महत्त्व सबैभन्दा माथि रहेको छ । हाम्रो देश नेपालको शिक्षा प्रणाली हेर्ने हो भने धेरै खालका भिन्नता देखिन्छ । कतिपय क्षेत्रहरुमा अहिलेसम्म पनि प्राथमिक बिधालय समेत उपलब्ध छैन । त्यही अन्धकार समाजमा गुन्जिएर शिक्षावाट बन्जित भैरहेका छन् ।.

त्यसैले गर्दा एउटा असल व्यक्ति बनाउनको लागि पनि शिक्षाले महत्वपूर्ण भूमिका खेलेकोहुन्छ । एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षाआबश्यक हुन्छ। शिक्षाको महत्व पनि त्यतिकै आबश्यक छ। एउटा राम्रो स्वस्थकर जीवनयापन गर्नको लागिपनि शिक्षाको महत्व हुन्छ। एउटा समाजमा सम्मानित व्यक्ति भएर जिउनको लागि शिक्षाको महत्व नेपालमै राम्रो रोजगार गर्नकोलागि पनि शिक्षाको महत्व हुन्छ ।

एउटा जीवनको जति महत्व छ त्यतिनै शिक्षाको पनि महत्व छ । जीवनको जति मुल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ । किन कि ? शिक्षा बिनाको जीवन पनि एउटा दृष्टिविहीन व्यक्ति जस्तै हो । एउटा दृष्टिविहीन व्यक्तिसँग सबै कुरा भएता पनि उनीहरु सँग एउटा मात्र कमजोरी हुन्छ । जुन आखाको ज्योति हो । त्यसैले उनीहरु सबै कुरावाट पूर्ण भएपनि उनीहरुले यो संसार हेर्न, देख सकिरहेका हुदैनन् । शिक्षा पनि त्यस्तै हो ।

जति सुकै धन सम्पतिले भरिपुर्ण किन नहोस् तर उसँग शिक्षा छैन भने उसले केही गर्न सक्दैन । शिक्षा छैन भने उसलाई कसरी सम्मान गरेर बोल्नु पर्ने कुराहरु थाहा हुदैन । आफूसँग भएको धनलाई कुसरी सदुपयोग गर्ने जस्ता कुराहरु पनि उसलाई थाहा हुदैन । त्यसैले गर्दा एउटा असल व्यक्ति, परिवार, समाज, समुदाय र राष्ट्र बन्नको लागि शिक्षाको धेरै आबश्यक र महत्त्व हुन्छ ।

शिक्षा निबन्ध नेपाली। Essay on Education in Nepali | Nepali Essay

शिक्षा

शिक्षालाई समान्य भाषामा ज्ञान प्राप्त गर्नु वा सिक्नु भन्ने हुन्छ । शिक्षा संस्कृत भाषाको शिक्ष धातूबाट उधृत गरिएको हो, जसको अर्थ सिक्नु वा सिकाउनु हुन्छ । त्यस्तै शिक्षालाई अङ्ग्रेजीमा Education भनिन्छ । Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो। Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Education शब्द Educere, Educare, हॅद Education भएको हो। शिक्षा भनेको मानिसलाई बाटो देखाउने एउटा मार्ग हो।

कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा भनेको ज्ञान हो। शिक्षा बिना मानिसको जीवन पूर्ण हुन सक्दैन। मानिसलाई आफ्नो जीवनयापन गर्नका लागि तैयार पार्ने प्रमुख माध्यम नै शिक्षा हो। शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन। मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेका हुँदैन। शिक्षाकै कारण नै यो संसार छ। यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो।

सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला। समाजमा मानिसले जन्मेपछि नै अनेक तवरबाट ज्ञान प्राप्त गरिरहेको हुन्छ । कुनै वस्तु देखेर, सुनेर, छामेर पनि ज्ञान प्राप्त गर्दा सकिन्छ । बालकलै जन्मेपछि आमाको दूध चुस्न आफैँ सक्छ। केही समयपछि बामे सर्छ, उभिन्छ, हिँड्छ। कतिपय कुराहरू आमा, बुवा, दिदी, दाइ, साथीहरूबाट र वातावरणका विभिन्न कुराहरू देखेर पनि सिक्छ। यसरी हामी आफ्ना अनुभवले सिक्छौं, अरूहरूले गरेको देखेर सिक्छौं, पढेर सिक्छौं। जन्मेदेखि नमरुन्जेल केही न केही कुरा हामी सिकिरहेकै हुन्छौं। अर्थात् शिक्षा पाइरहेकै हुन्छौं। हामीलाई आफ्नो जीवन स्वस्थकर बनाउन शिक्षा चाहिन्छ । हामीलाई मानवताको ज्ञान हासिल गर्न शिक्षा चाहिन्छ । हामीलाई उचित तरीकाले जीविकोपार्जन गर्ने ज्ञान तथा सीपसम्बन्धी शिक्षा चाहिन्छ। हामीलाई योग्य नागरिक बन्न शिक्षा चाहिन्छ “मनुष्यको असल गुणको विकास हुनु नै शिक्षा हो।” “नैतिक चरित्रको विकास नै शिक्षा हो।” “अनुभव ग्रिरहने र ती अनुभवलाई परिमार्जन एवं पुनर्गठन गर्दै जाने क्रमिक प्रक्रिया नै शिक्षा हो।” शिक्षा अदान प्रदान गर्ने प्रक्रिया प्राचीन काल देखि चलिदै आएको छ। “विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो” भन्नुलाई शिक्षाको संकुचित अर्थका रूपमा लिईन्छ । यसरी हेर्दा शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो। जस्अन्तर्गत ब्यक्तिको बौद्दिक, शारीरिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो भनि शिक्षाको बास्तबिक अर्थ हो।

शिक्षाका केही बहुचर्चित परिभाषाहरू

पृथ्बीमा ज्ञानभन्दा शुद्द अरु केही छैन । -भागवत गीता आत्मानुभुती नै शिक्षा हो । :- शंकराचार्य प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रूपले बिद्यमान संसारको त्यो सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो ।:-सुकरात “शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ।” :- नेल्सन मण्डेला

यी परिभाषाहरूबाट शिक्षा भन्नाले व्यक्तिले जन्मेदेखि नमरुन्जेसम्म विभिन्न व्यक्ति, संघ, संस्था र आफ्नो नजीकको वातावरणबाट अनुभवहरू प्राप्त गर्दै जानु र यसको आधारमा पुराना अनुभवहरूलाई सुधार्दै जानु भन्ने बुझिन्छउदाहरण एउटा सानो बालकले आगोमा हात हाल्छ, अनि उसले पोलेको अनुभव गर्छ। अर्को पल्टदेखि ऊ आगोदेखि टाढा बस्न थाल्छ ।

मानिसको जीवनमा शिक्षाले महत्त्व पूर्ण भूमिका खेलेको हुन्छ। शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने एउटा माध्यम हो। शिक्षाले हामीलाई यस कठिन संसारमा कसरी आफ्ना लागि ठाउँ बनाएर बाँच्ने भन्ने कला सिकाउँछ। यसले जीवन कसरी सहज हुन्छ भन्नेबारेमा सिकाउँछ । शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने-गराउने वा पढेने बन्दोबस्त मिलाउने कार्य भन्ने बुझिन्छ। सिकेर पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो।

घरमा खाना पकाउनु, लुगा धुनु, आफ्नो काम आफैं गर्नुभनेको पनि शिक्षा लिनु हो। अहिले शैक्षिक जगत्मा धेरै कुरा सुधार हुँदै आएका छन् । पहिलेको समयमा धेरै विद्यालय थिएनन्। भएका विद्यालयमा पनि केटाहरू मात्र पढ्न पाउँथे। विभेदले जरा गाडेको थियो। केटी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यताले थियो। अहिले समय बदलिँदै आएको छ। छोराछोरी दुवै विद्यालय जान पाउँछन् । शिक्षाकै कारण आज मानिस अन्तरिक्षमा पुगेका छन्।

देश विकासमा युवाको भूमिका निबन्ध | Desh bikash ma yuba ko bhumika

देश विकासमा युवाको भूमिका


देश वा राष्ट्र राजनैतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो। एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमीन नै देश हो। युवालाई देशको लागि एउटा अत्यन्तै महत्वपूर्ण मेरुदण्डका रूपमा लिइन्छ । कुनै पनि देशमा काम गर्नको लागि उपयुक्त वर्ग भनेकै युवा वर्ग हुन् । मनभरि आट साहस अनि तनमा जोस र जाँगर भरिएका र परि आएमा देशका लागि जस्तोसुकै योगदान दिन सक्ने सामर्थ्य राख्ने व्यक्ति नै युवा हुन्। युवा वर्गहरूमा त्यो जोस हुन्छ। जुन जोस, जाँगर अन्यमा हुँदैन । त्यसैले देशको विकास गर्नमा युवा वर्गको अहम भूमिका खेलेको हुन्छ। WHO का अनुसार १६ देखि ४० वर्ष सम्मको समूहलाई युवाका रूपमा चिन्न सकिन्छ ।

बालबालिकाहरु त सानै हुन्छन्। तिनी बालबालिकाहरूले के विकास गर्लान ? वृद्धवृद्धाहरु त झन् अशक्त हुन्छन्, तिन ले त के विकास गर्थे ? बाँकी बचे युवा वर्ग।

युवा वर्गले नै देशको विकास गर्नमा सहयोग गर्छन् । युवावर्ग कहीं पनि नगएर आफ्नै राष्ट्रमै काम गर्ने हो भने, देशको विकास गर्न सकिन्छ । आजसम्मको इतिहासका पानाहरू पल्टाउँदै जाने हो भने प्रत्येक देशका सीमा रेखाहरू त्यहाँका युवाहरूका रगतबाट नै कोरिएका हुन्छन् । युवा राष्ट्र निर्माणको बोझलाई आफ्नो काँधमा धानेर एउटा सम्पन्न र समृद्ध राष्ट्र निर्माणको लागि पछि हट्दैनन् । देशको भौतिक, भौगोलिक र सांस्कृतिक सामाजिक अवस्थालाई विनाशको धरातलबाट विकासको चुचुरोसम्म पुऱ्याउन अनि विपन्नताको अँध्यारो बाट सम्पन्नताको उज्यालो तर्फ लैजानु देश विकास हो। वर्तमान समयमा हेर्ने हो भने हाम्रो नेपालमा दिनप्रतिदिन युवाहरु कामको खोजीमा विदेशीने गरेको पाइन्छ । यसरी युवाहरू दिनप्रतिदिन विदेशीदै गए भने के देशको विकास होला ? विदेशमा बगाउन सक्ने पसिना नेपालकै बाँझा जमिनहरूमा बगाउन सकेको भए हाम्रो देश हराभरा हुन्छ ।

आफ्नै देशमा बस्ने सङ्कल्प गर्ने हो भने यही देशमा विकल्पका धेरै पाटाहरु छन्। आफ्नै देशमा बसी माछा पालन, गाईपालन, कृषि व्यवसाय गर्न सकिन्छ। विदेशमा आफ्नो देशमा भन्दा थोरै बढी पैसा कमाइन्छ। तर आफ्नो देशमा पसिना बगाएर कमाएको पैसा र विदेशमा गएर कमाएको पैसामा फरक हुन्छ । विदेशमा पैसा कमाउँदा मानमर्यादा, इज्जत, ख्याति, प्रतिष्ठा, बढ्दैन। तर आफ्नै देशमा केही सानो सानो व्यवसाय भए पनि गर्न सकियो भने त्यसबाट थुप्रै पैसा कमाउन सकिन्छ ।

हाम्रो देशका कृषि योग्य जमिनहरू धेरै छन् । ती कृषियोग्य जमिनहरुको उपयोग गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ । जस्तै काउली, टमाटर, बन्दा, मुला, जस्ता तरकारीहरु मौसम तथा बेमौसममा उत्पादन गर्ने गर्नुपर्छ । मौसममा उत्पादन गर्दा त्यति फाइदा हुँदैन तर बेमौसममा उत्पादन गर्न सकियो भने राम्रो मुनाफा कमाउन सकिन्छ। बेमौसमी तरकारी, खाद्यान्न, बिउविजन, उत्पादन गरी विदेश निर्यात गर्न सकियो भने अर्थतन्त्रमा

समेत थप टेवा पुग्दछ । यसरी आफ्नै देशमा भएका स्रोत साधन को उपयोग गर्ने हो भने अर्काको मुख ताक्नु पर्ने स्थितिको अन्त्य हुन्छ । नेपालमा भएका प्राकृतिक स्रोत साधनहरूको उपयोग राम्रोसँग गर्न जान्ने हो भने देशले छिटै मुहार फेर्ने छ ।

युवाहरू आजको नवीनतम टेक्नोलोजीको साथ अप टु डेट छन्। तिनीहरू धेरै कामका लागि उपयुक्त छन्। आज युवाहरू जोखिम लिन, चुनौतिहरूको सामना गर्न र आफ्ना लक्ष्यहरू प्राप्त गर्न कडा प्रयत्न गर्न तयार छन् ।

तिनीहरू आफैंमा र आफ्ना क्षमताहरूमा विश्वास गर्छन् उनीहरूको उत्कटतालाई पेशामा बदल्न जुन उनीहरूलाई सफल बनाउँदछ । युवाहरू देशलाई राम्रो ठाउँ बनाउन चाहन्छन् । उनीहरूले राष्ट्रको प्रणालीको आलोचना गर्न सक्दछन् र समाजलाई अझ राम्रो ठाउँ बनाउने दिशामा परिवर्तन ल्याउन सक्छन्।

राष्ट्र निर्माणका लागि सबै युवाहरू एकजुट भएर अगाडि बढ्यो भने जस्तो सुकै बाधा अर्चन र अप्ठ्यारा बाटाहरू आए पनि सजिलोसँग पन्छ्याएर देशलाई साँच्चिकै उन्नति र प्रगतिको बाटो तिर लम्काउन वा सफलताको शिखर सम्म पुगाउन सक्ने क्षमता नै युवाको हातमा हुन्छ। युवाहरू बलवान कट्ठोर भएर एक मुठी सास रहन सम्म देशको जिम्मेवारी बोध गरेका हुन्छन् ।

हामी जस्तो युवाहरूले देशले मलाई के दियो होइन मैले देशलाई के दिए भन्ने भावनाबाट प्रेरितु भई युवाहरूले आफ्ना सिर्जनाका कार्य गरेर जस्तोसुकै ढोका खोल्न सक्छन् ।

आफ्नो राष्ट्रका लागि आइपरे आफ्नो ज्यान नै खुकुरीको धारमा राखेर अगाडि बड्छन ताकी आफूमा भएको वीरता लाई मर्न दिदैनन् । तसर्थ देश विकासमा युवामो भुमीका मेरुदण्डका रुपमा लिन सकिन्छ । हामी युवाहरू एक जुट भएर राष्ट्र निर्माणमा अगाडि बढऔं।

बढऔं। बढऔं ॥ बढऔं॥।

विद्यार्थी जीवनमा अनुशासनको महत्व निबंध | Essay on Discipline in Nepali

विद्यार्थी जीवन भनेको बाल्य अवस्था देखि उच्च शिक्षा हाँसिल गरुञ्जेल सम्मको जीवनलाई विद्यार्थी जीवन भनिन्छ भने खास नियम मर्यादा बस्नु नै अनुशासन हो । विद्यार्थी जीवनमा अनुशासनको महत्त्व विशेष रूपमा हुने गर्दछ । विद्यार्थी जीवन भनेको जीवनको पहिलो खुट्‌कीलो हो । यस जीवनमा अनुशासनको पालना गरी विद्यालयको वातावरणलाई सहजर सुन्दर बनाउँदै पढ्ने विद्यार्थी मात्र लगनशील तथा मिहिनेती भएर राम्रोसँग विद्या आर्जन गर्न सक्दछ ।

अनुशासन ले नै विद्यार्थीलाई उज्जवल भविष्यको बाटोतर्फ मार्गे निर्देश गर्दछ । विद्यार्थीहरुले कक्षामा पढ्दा साथीहरुसँग बोल्दा अन्य अतिरिक्त क्रियाकलाप गर्दा अनुशासनको पालना गर्नु पर्दछ । अनुशासन आमाको काखदेखि नै सिकिन्छ । प्रकृतिका हरेक वस्तु नियमानुसार नै चलेका हुन्छन् । बिहान हुन्छ, घाम लाग्छ साँझ पर्छ, फूलहरू फुल्छन्, ऋतुहरू आउँछन् र त्यसैगरी जान्छन् पनि । सबैका आफ्नै इच्छाहुन्छन् ।

जोसुकै मानिसले आ-आफ्नो क्षेत्र वा स्थानमा अनुशासनको पालना गर्नुपर्छ । हरेक मानिसले अनुशासनको पालना गरे मात्र ऊ सभ्य र महान् व्यक्ति कहलाउँछ भने अनुशासनको पालना नगर्दा हत्या, हिँसा र आतङ्क बढेर मानिस चोर, डाँका र धूर्त कहलाउँछविद्यार्थीले पनि उठ्ने, बस्ने काम गर्ने, आराम गर्ने, गृहकार्य गर्ने आदि सबै कुरा नियमअनुसार गर्नुपर्छ।

अनुशासनले विद्यार्थीलाई असल व्यक्ति बनाउँछ । अनुशासित विद्यार्थीले आफ्ना बुबा, आमा, गुरु र समाजको इज्जत राख्दछ । ठूलाको आदर गर्नु, सानालाई माया गर्नु, असहायलाई सहयोग गर्नुजस्ता कुरा विद्यार्थी जीवनकै अनुशासनभित्र पर्न आउँछन् । विद्यार्थी जीवनमा अनुशासनको पालना गर्ने हरेक व्यक्ति राष्ट्रको असल नागरिक भएर स्वास्थ्य, शिक्षा, समाजसेवा, राजनीति, उद्योग, वाणिज्य आदि क्षेत्रमा योग्य भई देश विकासमा वा महत्व पूर्ण योगदान दिन सक्छ ।

आजका विद्यार्थिहरु भोलिका देशका कर्णधार हुन् । देशको भविष्य उनीहरुको हातमा हुन्छु । विद्यार्थी जीवनदेखि नै अनुशासित भएर अघि बढ्यौ भने जीवनमा सधैभरी मान, सम्मान, इज्जत, प्रतिष्ठा प्राप्त गरि आफू आफ्नो परिवार लगायत सिङ्गो राष्ट्रलाई नै सुखी र समृद्ध बनाउन सकिन्छ ।जसरी असल बिहानीले असल दिनको सङ्केत दिन्छ त्यसैले अनुशासित विद्यार्थीले नै जीवनमा पनि अनुशासित हुन सिक्छन् ।

अनुशासित विद्यार्थी जीवनमा कहिल्यै असफल हुँदैन त्यसैले विद्यार्थी जीवनमा अनुशासनको महत्वपूर्ण स्थान अगटेको छ ।

वैदेशिक रोजगार निबन्ध | Essay on foreign Job in Nepali | Nepali Essay

वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन् । बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ। नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया, दुबई, साउदी अरब, कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन। अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुर्गेका छन् ।

वैदेशिक रोजगारीलाई त्यो ठाउँलाई भनिन्छ जब धेरै व्यक्तिहरू एक देश देखि अर्को देशमा काम गरिरहेका हुन्छन् र उनीहरू प्रचलित ज्यालादरमा काम गर्न सक्षम हुन्छन् । अर्को शब्दमा, वैदेशिक रोजगारी मानसिक र
शारीरिक रूपमा सक्षम र काम गर्न इच्छुक व्यक्तिहरूलाई प्रचलित पारिश्रमिक दरमा (काम) रोजगारीको उपलब्धता हो।

नेपाल कृषि प्रधान देश हो। अधिकांश मानिसहरूले कृषिमार्फत आफ्नो जीविका चलाउँछन् । तर नेपालका नागरिकहरु धेरै बेरोजगार छन् उनीहरुले काम पाएका छैन जसले तिनीहरूलाई वैदेशिक रोजगारी जान बाध्य छन्। बिदेशी रोजगारमा जानुका धेरै कारणहरु रहेका छन् जस मध्ये जनसंख्या वृद्धि, ढिलो आर्थिक विकास, अशिक्षा, मौसमी व्यवसाय, औद्योगिक क्षेत्रमा कम विकास, घरेलु उद्योगमा कमी आदि हुन । वैदेशिक रोजगारको समस्याका समाधानहरु जस्तै

जनसंख्या नियन्त्रण गर्नु, शिक्षा व्यवस्थामा बढी मात्रामा ध्यान दिनु, औद्योगिक विकासको क्षेत्रमा विकास गर्नु बिदेशी कम्पनी खोल्नलाई प्रोत्साहन गर्नु, सरकारले सबै नागरिकका लागि देशमै रोजगारको अवसर सृजना गर्नु आदि ।

रोजगार सीधा शिक्षा संग जोडिएको छ । यदि एक व्यक्ति रोजगार कमाउन चाहान्छ भने उसको शिक्षा हुनु अति आवश्यक छ, ऊ आफूले काम गर्ने क्षेत्रको ज्ञान हुनुपर्दछ । सरकारले पनि आम नागरिकलाई रोजगारीका लागि प्रशिक्षण दिन शुरू गर्नु पर्छ ताकि उनीहरू दक्ष हुन र रोजगारी पाउन सकून् । नेपालमा बेरोजगारीको समस्या लामो समय देखि चलिरहेको छ। यद्यपि सरकारले रोजगारी सिर्जनाका लागि धेरै कार्यक्रमहरू शुरू गर्नु पर्छ जसले गर्दा हाम्रा नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जानू नपरोस् तर वांछित प्रगति अहिलेसम्म हासिल हुन सकेको छैन। नीति निर्माताहरू र नागरिकहरूले अधिक रोजगारी सिर्जना गर्नका साथै रोजगारका लागि उचित सीपहरू प्राप्त गर्न सामूहिक प्रयास गर्न आवश्यक छ। वैदेशिक रोजगारी समस्याको समाधान हुनुपर्छ। एउट

समाधान जनसङ्ख्या वृद्धिमा नियन्त्रण गर्नुपर्छ । दोस्रो कुरा काममुखी शिक्षा लागू गर्नुपर्छ प्राविधिक शिक्षा कार्यमुखी शिक्षा हो। बेरोजगारहरूलाई सरकारले आर्थिक सहायता रहरुल दिनुपर्छ। उनीहरूले कुनै व्यापार सुरु गर्न सकून् अथवा साना उद्योगहरू सञ्चालन गर्न सकून् । जसले गर्दा वैदेशिक रोजगार समस्या समाधान गर्न सकिन्छ । आर्थिक अवसर, रोजगार, गरिबी निवारण, विप्रेषण र राष्ट्रिय अर्थतन्त्रमा पु-याएको योगदानको दृष्टिले वैदेशिक रोजगीर नेपालमा ज्यादै महत्वपूर्ण क्षेत्रर्को रुपमा रहेको छ। प्रतिवर्ष श्रम बजारमा प्रवेश गर्ने तीन चौथाई युवायुवतीको प्रमुख आकर्षक वैदेशिक रोजगारी बन्न पुगेको छ। उच्च दक्षता भएका र प्रतिभावान युवासमेत मुलुकभित्र रोजगारीको अवसर नहुँदा विदेसिने गरेका छन् ।

विकासको राम्रो सम्भावना हुँदाहुँदै पनि रोजगारीको अवसरमा कमी भएकाले कामका लागि वैदेशिक रोजगारीमा जानु नेपालीहरु बाध्यता छन्। बेरोजगारीमा कमी ल्याउन र गरिबी घटाउन सहयोग पु-याएकाले वैदेशिक रोजगारीलाई तत्काल रोजगारीको वैकल्पिक माध्यमको रुपमा लिइन्छ यसलाई क्रमशः घटाउँदै लगेर मुलुक भित्रै युवा जनशक्तिको उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु पर्दछ ।

मुलुकले श्रम सम्झौता गरी कामदार पठाएका मुलुकमा नेपाली कामदार ठगिने, शोषणमा पर्ने स्थिति समाप्त गर्दै वैदेशिक रोजगारीमा गुणात्मकता बढाउनुपर्छ। मुलुकमै काम गरेर खाने अवस्था र सबै कामको सम्मान गर्ने धारणा जनमानसमा विकास हुनु आजको अति आवश्यक रहेको देखिन्छ ।