Category Archives: Nepali Essay

भैरव अर्याल जीवनी । Biography of Bhairav Aryal in Nepali

नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रका ख्यातिप्राप्त प्रतिभा भैरव अर्यालको जन्म वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका थिए । उनको आमाको नाम खेमकुमारी अर्याल र बुवाको नाम होमनाथ अर्याल होउनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन् । भैरव अर्याल साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन् ।अर्यालका काउकुती, जयभुँडी, गलबन्दी, इतिश्री, दश औतार लगायत कृति प्रकाशित छन् ।

समाजका विभिन्न क्षेत्रका विसङ्गति प्रति व्यङ्ग्य गर्दै उनले कुतकुत्याउने शैलीका कारण पाठकलाई व्यङ्ग्यको तीतो- टर्रो ग्रहण योग्य बनाएको पाइन्छ । नेपालीमा एम. ए., साहित्य रत्न र संस्कृतमा मध्यमासम्म को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरे । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीं पत्रकार नियुक्त भएका हुन् र पछि गोरखापत्रको सम्पादन समूहमा रहे।

‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे । ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रहयो। कविता लेखनबाट साहित्य यात्रा शुरुवात गरेका भैरव अर्यालले २०१३ सालमा हास्यव्यङ्ग्यात्मक निबन्धका माध्यमबाट नेपाली निबन्ध विधामा प्रवेश गरेका हुन् । कविता लेखनसँगै निबन्ध लेखनको पूर्वाअभ्यास गरेका अर्यालले २०१३ सालमा ‘खोलापारिका पुरेत बाजे निबन्ध ‘हालखबरु पत्रिकामा प्रकाशित गराएर औपचारिक रूपमा निबन्ध यात्रा शुरु गरेका हुन् ।

उनका काउकुती (२०१९), जयभुँडी (२०२२), गलबन्दी

(२०२६) इतिश्री (२०२८), दस औतार (२०३३) र टेढो ऐना (२०६३)जस्ता हास्यव्यङ्यात्मक निबन्ध सङ्ग्रहरू प्रकाशित छन् । उनका टेढो ऐना बाहेकका निबन्ध सङ्ग्रहहरूलाई भैरव पुरस्कार गुठीले २०६० सालमा भैरव अर्यालका हास्यव्यङ्ग्य शीर्षकको स‌ङ्ग्रहमा सङ्ग्रहित गरेको छ । लगभग १७ वर्षको लेखन अवधिमा यति धेरै निबन्ध नेपाली निबन्ध साहित्यलाई दिने अर्यालले हास्यव्यङ्ग्य निबन्धको विकासमा विशेष योगदान पुर्याएका छन्। साझा कथा, साझा निबन्ध, छ्याकन कविता सङ्ग्रहको सम्पादन गरेका अर्यालले रचना, रत्नश्री, मधुपर्क गोरखापत्र र हालखबर जस्ता पत्रिकाको समेत सम्पादन गरेका थिए। उनले गोरखापत्रको सम्पादकीय फाँटमा जागिरे भएपछि राजनीतिक, सामाजिक र आर्थिक महत्वका समसामयिक लेखहरू लेख्दै खारिएको मस्तिष्कबाट हास्यव्यङ्ग्य निबन्धमा कुशलता प्राप्त गरको देखिन्छ । उनका निबन्धमा हास्यका साथसाथै व्यङ्ग्यका झटाराहरू हानिएका हुन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशको चित्रण उनका निबन्धमा गरिएको हुन्छ। उनी आत्मपरक निबनधकार हुन् । उनलाई सफल बनाउने प्रवृत्ति भने हास्यव्यङ्ग्य नै हो. उनी समाजमा भएका बेथिति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्दछन्। उनले सर्वप्रथम वि. सं. २००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन्। उनको पहिलो रचनाका रूपमा वि. सं. २०१३ मा ‘नव निर्माण’ शीर्षकको कविता प्रकाशित भएको थियो ।

उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमा कलम चलाए। सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति व्यङ्ग्य गर्नु उनको मुख्य विशेषता हो। मानवीय स्वभावमा रहने कमी कॅमजोरीप्रति पनि आलोचना तथा व्यङ्ग्य गर्नु उनका निबन्धको उद्देश्य रहेको देखिन्छ । उनी पाठकलाई हँसाएर व्यङ्ग्यको तितोपनालाई ग्रहण योग्य बनाउन समर्थ छन् । उखान टुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोग गरेर व्यङ्ग्यका लागि आवश्यक पाइनदार भाषाको प्रयोग गर्न पनि उनी खप्पिस छन् ।

नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्य आकाशका कहिल्यै ननिभ्ने तारा हुन् । उनको मृत्यु काठमाडौँको गोकर्णमा वि.सं. २०३३ मा भएको थियो ।

किताब नेपाली निबन्ध । Essay on Book in Nepali

( किताब )

पुस्तक वा किताब शव्दहरू, चित्रहरू, लगायत विभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो। आजको आधुनिक समयमा किताब बिद्युतीय पनि हुन सक्छ जसलाई (इ-बूक्) भनिन्छ । केही पुस्तकहरूमा तस्बीर पनि हुन्छन् त केहीमा हुँदैनन् । सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई खोलले ढाकिन्छ । पुस्तकहरूका ठूलो समूहलाई पुस्तकालय भनिन्छ। कुनै साहित्यिक कार्य वा त्यस्तो कामको मुख्य शाखालाई पनि किताब भनिन्छ ।

किताब ज्ञानको सागर हो जहाँ हामी अनमोल रत्नहरु भेटाउन सक्छौं। किताबले हामीमा भएको अज्ञानतालाई हटाएर जीवनमा सहि बाटो हिड्न प्रेरित गर्छ। किताब साधारणतय कागज‌का पृष्ठहरुबाट बनेको हुन्छ । अजभोली त अनेकौं इलेक्ट्रोनिक उपकरणहरु द्धारा किताबहरु अनलाईन मार्फत निशुल्क र सःशुल्क पढ्न र किन्न सकिन्छ । कागजबाट बनेको किताबमा आफ्नो नाम लेख, पढ्दै जाँदा मन परेका कुराहरुमा चिन्ह लगाउन पनि सकिन्छ तर अनलाई किताबमा त्यस्तो गर्न सकिदैन ।

पुस्तकहरूलाई दुई मुख्य श्रेणीहरूमा बिभाजन ग्ग्रिन्छ, परिकथा र गैरपरिकथा। कथाहरू सत्य होइनन्, कपोलकल्पित हुन भने त्यसलाई परिकथा भनिन्छ। सत्य घटनामा आधारित पुस्तक तर काल्पनिक पात्रहरू वा संबादहरू भएका छन् भनेपनि सामान्यतया त्यो मात्र परिकथा हुन जान्छ। गैरपरिकथा सत्य तथ्य, जस्तै इतिहास, विज्ञान, वा जीवनीको बारेमा पुस्तक हो।

पुस्तकहरू कुनैपनि विषयमा हुन सक्छन्, बगैंचा देखि मानव शरीर सम्म। किताब कुराकानी पछिको सञ्चारको सबैभन्दा पुरानो माध्यम यहि हो। पुस्तक ठूलो श्वरले पढ्न वा आफैमात्र पढ्न सकिन्छ । पुस्तक एक ब्यक्ति वा धेरै ब्यक्तिहरू मिलेर लेख सकिन्छ । पुस्तकहरू आनन्दको लागि पढ्न सकिन्छ वा आवश्यक विषय, जस्तै गणित, को जानकारीका लागि प्रयोग गरिन्छ। किताब साहै मन पराउने र जहिले पनि किताब पढि रहने लाई किताबी किरो भनिन्छ ।

किताब हाम्रो जीवनमा अन्यन्त महत्वपूर्ण पाटो हो। किताब पढेर नयाँ नयाँ कुराहरुको जानकारिहरु प्राप्त गर्न सकिन्छ। किताबले हामीहरुलाई सबै क्षेत्रहरुको बारेमा ज्ञान् दिन्छ। किताबले विभिन्न प्रकारका रोचक प्रसँगहरु जस्तै हसाउने, रुवाउने, अचम्मित पार्ने खालका गितविधिहरुका बारेमा बताउँछ साथै नयाँ कुराहरु सिकाउँछ। किताब एउटा सूचना र ज्ञानको भण्डार हो। किताब बाट हामी सजिलैसँग ज्ञानको आदान प्रदान गर्न सक्छौं । किताब सिक्ने र सिकाउ प्रक्रियामा ठूलो भूमिका खेलेको हुन्छ । किताबले गर्दा नै आज हामीहरुले आफ्नो इतिहाँसको बारेमा अध्ययन गर्न पाएका छौं। किताब पढ्नु एउटा असल बानी हो । त्यसैले हामी सबैले किताब पढ्ने बानी बसाल्नुर्छ । नेपालीमा एउटा उखान छ पुरानो कोट लगाउ, नयाँ पुस्तक किन।

बिरामी बिदा पाउँ बारे । निवेदन । Sick leave application to principal in Nepali


मितिः २०८०/१०/२४

श्रीमान् प्रधानाध्यापक ज्यू,

श्री मसिलाल जन्ता माध्यमिक विद्यालय कुशहा, सप्तरी।

विषयः-बिरामी बिदा पाउँ बारे।

महोदय,

सेवामा सविन्य नम्र निवेदन यो छ की मलाई हिजो राति देखि ज्वरो, रुघा खोकीले ग्रसित भएको छु । त्यसै कारणले म विद्यालयमा उपस्थित हुन सक्दिन । श्रीमान् सँग अनुरोध गर्दछु कि मलाई मिति २०८०/१०/२४ देखि मिति २०८०/१०/३० गते सम्मको लागि एक हप्ताको बिदा स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु। साथै डाक्टरको सल्लाह अनुसार मैले एक हप्तासम्म आराम गर्नु पर्छ भन्नु भएको छ। तपाईको हृदयदेखि आमारी हुनेछु ।

तपाईको आज्ञाकारी छात्र

रविन्द्र कुमार चौधरी

कक्षाः ९ रोल नं.१२

शिक्षाको महत्व नेपाली निबंध।Essay on importance of Education in Nepali

शिक्षाको महत्व

—————————

शिक्षा भनेको मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ शिक्षा भनेको ज्ञान हो। शिक्षा बिना मानिसको जीवन पूर्ण हुन सक्दैन । मानिसलाई आफ्नो जीवनयापन गर्नका लागि तैयार पार्ने प्रमुख माध्यम नै शिक्षा हो। शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ। पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन शिक्षाकै कारण नै यो संसार छ ।

यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । समाजमा मानिसले जन्मेपछि नै अनेक तवरबाट ज्ञान प्राप्त गरेको हुन्छ । कुनै वस्तु देखेर, सुनेर, छामेर पनि ज्ञान प्राप्त गर्दा सकिन्छ । शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने-गराउने वा पढेने बन्दोबस्त मिलाउने कार्य भन्ने बुझिन्छ। सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो।

शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इक्षा वा चाहनाको महत्त्व हो। शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ । शिक्षा विना मानिस ज्ञानले अन्धो नै हुन्छ । शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ। शिक्षाको उज्यालो घामबाट कुनै पनि व्यक्त बञ्चित हुनु भनेको जीवनको गहिराइमा बुझ्न नसक्नु हो, अध्यारो खाडलमा जीवनलाई धकेल्नु हो, शिक्षारुपी…

ज्ञानबाट नै मानिसले राम्रो नराम्रो, असल खराब आदि छुट्याउन सक्छ । सहि बाटोलाई पहिल्याउन सक्छ । यसैबाट मानिस लगनशील इमान्दार र सभ्य नागरिक पनि बन्न सक्छ । त्यसैले जुन गाउँ समाज र राष्ट्रमा मानिस शिक्षित छन् त्यो गाउँ समाज र राष्ट्र सुखी र समृद्धशाली बन्दछ । मानिसलाई पूर्ण जीवन व्यतित गर्नका लागि तयार गर्नु नै शिक्षाको मुख्य उद्देश्य हो । यस्तो महत्वपूर्ण शिक्षाको महत्व मानव जीवनमा अपरिहारय छ । कतिपय समुदायका व्यक्तिहरु अझैपनि शिक्षावाट….

बन्चित भएका छन् । अशिक्षाको कारणले गर्दा अहिले लाखौँ नेपाली युवाहरु बिदेशीन बाध्य भएका छन् । अशिक्षाको कारणले गर्दा आम नेपालीहरु पराइ भूमिमा रातदिन पसिना बगाउन बाध्य भएका छन् । कति नेपालीहरु आफ्नो ज्यान पनि गुमाईरहेका छन् । अशिक्षाको कारणले गर्दा र नेपालमा बेरोजगार भएपछि एउटा सुन्दर सपना बोकेर विदेशिने नेपालीहरु बाकसमा लास भएर नेपाल फर्किन परेका छन् । कति घरवारविहीन भए।

नारी र पुरुष दुवै शिक्षित भए भने मात्र समाज वा राष्ट्रको उन्नति हुन् सक्छ। नारीले पनि पुरुष सरह पढ्न पाउनुपर्ने कुरामा सबैले जोड दिनु अति आवश्यक छ। अझै पनि हाम्रो देशका कतिपय ठाउँमा छोरीहरूलाई पढाउने गरिँदैन। यसरी छोराहरू मात्र शिक्षित भई ठाउँमा छोरीहरू शिक्षित भएनन् भने शिक्षाको कुनै अर्थ रहँदैन। नारीहरू अशिक्षित हुँदा समाज र राष्ट्रको विकास पुरा नभई अधुरो रहन्छ। त्यसै गरी आज शिक्षामा ब्यापारीकरण भइरहेको छ। शिक्षालाई व्यापारको मध्यम बनाई…

करोडौँ रुपैयाँ कमाउनका लागि आज धेरै संख्यामा विद्यालयहरू खुलिरहेका छन् । शिक्षा आर्जन गर्ने कुरा हो । यो किनबेच गर्ने कुरा होइन । छिमेकी मुलुकबाट शैक्षिक प्रमाणपत्र किनेर ल्याई आफूलाई शिक्षित मान्ने महामूर्खहरू पनि हाम्रो समाजमा नभएका होइनन्। प्रमाणपत्र बटुल्न कार्य मात्र शिक्षित हुनु होइन। यस्तो शिक्षाले कुनै पनि नागरिकलाई फाइदा पुर्याउँदैन। हामीले सकेसम्म गुण स्तरीय शिक्षामा जोड दिनु पर्दछ । मुलुकको माटो सुहाउँदै वैज्ञानिक, रोजगार मूलक,

व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो ट्यांकरो रूपमा देखा परको छ। यस्तो शिक्षा दिन सकेका खण्डमा नै व्यक्ति जति र राष्ट्रको उन्नति हुन् सक्दछ अनि यसबाट शिक्षाको महत्त्व पनि झल्किन्छ। शिक्षा मानव जतिको आभूषण वा गहना हो । यसले समाजमा मानिसको इज्जत र मन प्रतिष्ठा बढाउँछ। शिक्षित व्यक्तिको सर्वत्र कदर पनि गरिन्छु । मानिसलाई शिक्षाले आमाले दिने जस्तो सुख पनि कम छैन। यसले मानिसलाई दरो बनाइदिन्छ। त्यसैले शिक्षा वा विद्या कुनैपनि व्यक्ति अनमोल सम्पति हो ।

पढे लेखेको व्यक्तिले कहिले पनि दुख पाउँदैन भन्ने कुरा पनि ठीक छ। अर्कातिर विद्या नभएको मानिस पशु सरह हुन्छ र यसले समाजमा मान पनि पाउँदैन । अशिक्षित मानिस भौतिक दृष्टिले जतिसुकै सम्पन्न भए पनि उसले भित्रि मनका सुख प्राप्त गर्न सक्दैन। आजको युगमा अशिक्षित मानिसले केहीपनि गर्न सक्दैन अनि अशिक्षित नागरिकहरुबाट कुनै पनि राष्ट्रले उन्नति प्रगति गर्न सक्दैन। शिक्षानै हरेक किसिमका उन्नतिको मुहान भएकोले यसैबाट व्यक्ति, समाज, राष्ट्र र विश्वको उन्नति हुन् सक्दछ ।

आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारणले भएको हो। यसले मानिसले भौतिक सुख र आत्मिक सुख दुवै प्रदान गर्दछ । शिक्षाले नै व्यक्ति, जति र राष्ट्रको उन्नतिमा ठूलो टेवा पुर्याउन भएकोले यसको महत्त्व सबैभन्दा माथि रहेको छ । हाम्रो देश नेपालको शिक्षा प्रणाली हेर्ने हो भने धेरै खालका भिन्नता देखिन्छ । कतिपय क्षेत्रहरुमा अहिलेसम्म पनि प्राथमिक बिधालय समेत उपलब्ध छैन । त्यही अन्धकार समाजमा गुन्जिएर शिक्षावाट बन्जित भैरहेका छन् ।.

त्यसैले गर्दा एउटा असल व्यक्ति बनाउनको लागि पनि शिक्षाले महत्वपूर्ण भूमिका खेलेकोहुन्छ । एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षाआबश्यक हुन्छ। शिक्षाको महत्व पनि त्यतिकै आबश्यक छ। एउटा राम्रो स्वस्थकर जीवनयापन गर्नको लागिपनि शिक्षाको महत्व हुन्छ। एउटा समाजमा सम्मानित व्यक्ति भएर जिउनको लागि शिक्षाको महत्व नेपालमै राम्रो रोजगार गर्नकोलागि पनि शिक्षाको महत्व हुन्छ ।

एउटा जीवनको जति महत्व छ त्यतिनै शिक्षाको पनि महत्व छ । जीवनको जति मुल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ । किन कि ? शिक्षा बिनाको जीवन पनि एउटा दृष्टिविहीन व्यक्ति जस्तै हो । एउटा दृष्टिविहीन व्यक्तिसँग सबै कुरा भएता पनि उनीहरु सँग एउटा मात्र कमजोरी हुन्छ । जुन आखाको ज्योति हो । त्यसैले उनीहरु सबै कुरावाट पूर्ण भएपनि उनीहरुले यो संसार हेर्न, देख सकिरहेका हुदैनन् । शिक्षा पनि त्यस्तै हो ।

जति सुकै धन सम्पतिले भरिपुर्ण किन नहोस् तर उसँग शिक्षा छैन भने उसले केही गर्न सक्दैन । शिक्षा छैन भने उसलाई कसरी सम्मान गरेर बोल्नु पर्ने कुराहरु थाहा हुदैन । आफूसँग भएको धनलाई कुसरी सदुपयोग गर्ने जस्ता कुराहरु पनि उसलाई थाहा हुदैन । त्यसैले गर्दा एउटा असल व्यक्ति, परिवार, समाज, समुदाय र राष्ट्र बन्नको लागि शिक्षाको धेरै आबश्यक र महत्त्व हुन्छ ।

शिक्षा निबन्ध नेपाली। Essay on Education in Nepali | Nepali Essay

शिक्षा

शिक्षालाई समान्य भाषामा ज्ञान प्राप्त गर्नु वा सिक्नु भन्ने हुन्छ । शिक्षा संस्कृत भाषाको शिक्ष धातूबाट उधृत गरिएको हो, जसको अर्थ सिक्नु वा सिकाउनु हुन्छ । त्यस्तै शिक्षालाई अङ्ग्रेजीमा Education भनिन्छ । Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो। Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Education शब्द Educere, Educare, हॅद Education भएको हो। शिक्षा भनेको मानिसलाई बाटो देखाउने एउटा मार्ग हो।

कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा भनेको ज्ञान हो। शिक्षा बिना मानिसको जीवन पूर्ण हुन सक्दैन। मानिसलाई आफ्नो जीवनयापन गर्नका लागि तैयार पार्ने प्रमुख माध्यम नै शिक्षा हो। शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन। मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेका हुँदैन। शिक्षाकै कारण नै यो संसार छ। यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो।

सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला। समाजमा मानिसले जन्मेपछि नै अनेक तवरबाट ज्ञान प्राप्त गरिरहेको हुन्छ । कुनै वस्तु देखेर, सुनेर, छामेर पनि ज्ञान प्राप्त गर्दा सकिन्छ । बालकलै जन्मेपछि आमाको दूध चुस्न आफैँ सक्छ। केही समयपछि बामे सर्छ, उभिन्छ, हिँड्छ। कतिपय कुराहरू आमा, बुवा, दिदी, दाइ, साथीहरूबाट र वातावरणका विभिन्न कुराहरू देखेर पनि सिक्छ। यसरी हामी आफ्ना अनुभवले सिक्छौं, अरूहरूले गरेको देखेर सिक्छौं, पढेर सिक्छौं। जन्मेदेखि नमरुन्जेल केही न केही कुरा हामी सिकिरहेकै हुन्छौं। अर्थात् शिक्षा पाइरहेकै हुन्छौं। हामीलाई आफ्नो जीवन स्वस्थकर बनाउन शिक्षा चाहिन्छ । हामीलाई मानवताको ज्ञान हासिल गर्न शिक्षा चाहिन्छ । हामीलाई उचित तरीकाले जीविकोपार्जन गर्ने ज्ञान तथा सीपसम्बन्धी शिक्षा चाहिन्छ। हामीलाई योग्य नागरिक बन्न शिक्षा चाहिन्छ “मनुष्यको असल गुणको विकास हुनु नै शिक्षा हो।” “नैतिक चरित्रको विकास नै शिक्षा हो।” “अनुभव ग्रिरहने र ती अनुभवलाई परिमार्जन एवं पुनर्गठन गर्दै जाने क्रमिक प्रक्रिया नै शिक्षा हो।” शिक्षा अदान प्रदान गर्ने प्रक्रिया प्राचीन काल देखि चलिदै आएको छ। “विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो” भन्नुलाई शिक्षाको संकुचित अर्थका रूपमा लिईन्छ । यसरी हेर्दा शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो। जस्अन्तर्गत ब्यक्तिको बौद्दिक, शारीरिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो भनि शिक्षाको बास्तबिक अर्थ हो।

शिक्षाका केही बहुचर्चित परिभाषाहरू

पृथ्बीमा ज्ञानभन्दा शुद्द अरु केही छैन । -भागवत गीता आत्मानुभुती नै शिक्षा हो । :- शंकराचार्य प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रूपले बिद्यमान संसारको त्यो सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो ।:-सुकरात “शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ।” :- नेल्सन मण्डेला

यी परिभाषाहरूबाट शिक्षा भन्नाले व्यक्तिले जन्मेदेखि नमरुन्जेसम्म विभिन्न व्यक्ति, संघ, संस्था र आफ्नो नजीकको वातावरणबाट अनुभवहरू प्राप्त गर्दै जानु र यसको आधारमा पुराना अनुभवहरूलाई सुधार्दै जानु भन्ने बुझिन्छउदाहरण एउटा सानो बालकले आगोमा हात हाल्छ, अनि उसले पोलेको अनुभव गर्छ। अर्को पल्टदेखि ऊ आगोदेखि टाढा बस्न थाल्छ ।

मानिसको जीवनमा शिक्षाले महत्त्व पूर्ण भूमिका खेलेको हुन्छ। शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने एउटा माध्यम हो। शिक्षाले हामीलाई यस कठिन संसारमा कसरी आफ्ना लागि ठाउँ बनाएर बाँच्ने भन्ने कला सिकाउँछ। यसले जीवन कसरी सहज हुन्छ भन्नेबारेमा सिकाउँछ । शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने-गराउने वा पढेने बन्दोबस्त मिलाउने कार्य भन्ने बुझिन्छ। सिकेर पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो।

घरमा खाना पकाउनु, लुगा धुनु, आफ्नो काम आफैं गर्नुभनेको पनि शिक्षा लिनु हो। अहिले शैक्षिक जगत्मा धेरै कुरा सुधार हुँदै आएका छन् । पहिलेको समयमा धेरै विद्यालय थिएनन्। भएका विद्यालयमा पनि केटाहरू मात्र पढ्न पाउँथे। विभेदले जरा गाडेको थियो। केटी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यताले थियो। अहिले समय बदलिँदै आएको छ। छोराछोरी दुवै विद्यालय जान पाउँछन् । शिक्षाकै कारण आज मानिस अन्तरिक्षमा पुगेका छन्।

देश विकासमा युवाको भूमिका निबन्ध | Desh bikash ma yuba ko bhumika

देश विकासमा युवाको भूमिका


देश वा राष्ट्र राजनैतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो। एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमीन नै देश हो। युवालाई देशको लागि एउटा अत्यन्तै महत्वपूर्ण मेरुदण्डका रूपमा लिइन्छ । कुनै पनि देशमा काम गर्नको लागि उपयुक्त वर्ग भनेकै युवा वर्ग हुन् । मनभरि आट साहस अनि तनमा जोस र जाँगर भरिएका र परि आएमा देशका लागि जस्तोसुकै योगदान दिन सक्ने सामर्थ्य राख्ने व्यक्ति नै युवा हुन्। युवा वर्गहरूमा त्यो जोस हुन्छ। जुन जोस, जाँगर अन्यमा हुँदैन । त्यसैले देशको विकास गर्नमा युवा वर्गको अहम भूमिका खेलेको हुन्छ। WHO का अनुसार १६ देखि ४० वर्ष सम्मको समूहलाई युवाका रूपमा चिन्न सकिन्छ ।

बालबालिकाहरु त सानै हुन्छन्। तिनी बालबालिकाहरूले के विकास गर्लान ? वृद्धवृद्धाहरु त झन् अशक्त हुन्छन्, तिन ले त के विकास गर्थे ? बाँकी बचे युवा वर्ग।

युवा वर्गले नै देशको विकास गर्नमा सहयोग गर्छन् । युवावर्ग कहीं पनि नगएर आफ्नै राष्ट्रमै काम गर्ने हो भने, देशको विकास गर्न सकिन्छ । आजसम्मको इतिहासका पानाहरू पल्टाउँदै जाने हो भने प्रत्येक देशका सीमा रेखाहरू त्यहाँका युवाहरूका रगतबाट नै कोरिएका हुन्छन् । युवा राष्ट्र निर्माणको बोझलाई आफ्नो काँधमा धानेर एउटा सम्पन्न र समृद्ध राष्ट्र निर्माणको लागि पछि हट्दैनन् । देशको भौतिक, भौगोलिक र सांस्कृतिक सामाजिक अवस्थालाई विनाशको धरातलबाट विकासको चुचुरोसम्म पुऱ्याउन अनि विपन्नताको अँध्यारो बाट सम्पन्नताको उज्यालो तर्फ लैजानु देश विकास हो। वर्तमान समयमा हेर्ने हो भने हाम्रो नेपालमा दिनप्रतिदिन युवाहरु कामको खोजीमा विदेशीने गरेको पाइन्छ । यसरी युवाहरू दिनप्रतिदिन विदेशीदै गए भने के देशको विकास होला ? विदेशमा बगाउन सक्ने पसिना नेपालकै बाँझा जमिनहरूमा बगाउन सकेको भए हाम्रो देश हराभरा हुन्छ ।

आफ्नै देशमा बस्ने सङ्कल्प गर्ने हो भने यही देशमा विकल्पका धेरै पाटाहरु छन्। आफ्नै देशमा बसी माछा पालन, गाईपालन, कृषि व्यवसाय गर्न सकिन्छ। विदेशमा आफ्नो देशमा भन्दा थोरै बढी पैसा कमाइन्छ। तर आफ्नो देशमा पसिना बगाएर कमाएको पैसा र विदेशमा गएर कमाएको पैसामा फरक हुन्छ । विदेशमा पैसा कमाउँदा मानमर्यादा, इज्जत, ख्याति, प्रतिष्ठा, बढ्दैन। तर आफ्नै देशमा केही सानो सानो व्यवसाय भए पनि गर्न सकियो भने त्यसबाट थुप्रै पैसा कमाउन सकिन्छ ।

हाम्रो देशका कृषि योग्य जमिनहरू धेरै छन् । ती कृषियोग्य जमिनहरुको उपयोग गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ । जस्तै काउली, टमाटर, बन्दा, मुला, जस्ता तरकारीहरु मौसम तथा बेमौसममा उत्पादन गर्ने गर्नुपर्छ । मौसममा उत्पादन गर्दा त्यति फाइदा हुँदैन तर बेमौसममा उत्पादन गर्न सकियो भने राम्रो मुनाफा कमाउन सकिन्छ। बेमौसमी तरकारी, खाद्यान्न, बिउविजन, उत्पादन गरी विदेश निर्यात गर्न सकियो भने अर्थतन्त्रमा

समेत थप टेवा पुग्दछ । यसरी आफ्नै देशमा भएका स्रोत साधन को उपयोग गर्ने हो भने अर्काको मुख ताक्नु पर्ने स्थितिको अन्त्य हुन्छ । नेपालमा भएका प्राकृतिक स्रोत साधनहरूको उपयोग राम्रोसँग गर्न जान्ने हो भने देशले छिटै मुहार फेर्ने छ ।

युवाहरू आजको नवीनतम टेक्नोलोजीको साथ अप टु डेट छन्। तिनीहरू धेरै कामका लागि उपयुक्त छन्। आज युवाहरू जोखिम लिन, चुनौतिहरूको सामना गर्न र आफ्ना लक्ष्यहरू प्राप्त गर्न कडा प्रयत्न गर्न तयार छन् ।

तिनीहरू आफैंमा र आफ्ना क्षमताहरूमा विश्वास गर्छन् उनीहरूको उत्कटतालाई पेशामा बदल्न जुन उनीहरूलाई सफल बनाउँदछ । युवाहरू देशलाई राम्रो ठाउँ बनाउन चाहन्छन् । उनीहरूले राष्ट्रको प्रणालीको आलोचना गर्न सक्दछन् र समाजलाई अझ राम्रो ठाउँ बनाउने दिशामा परिवर्तन ल्याउन सक्छन्।

राष्ट्र निर्माणका लागि सबै युवाहरू एकजुट भएर अगाडि बढ्यो भने जस्तो सुकै बाधा अर्चन र अप्ठ्यारा बाटाहरू आए पनि सजिलोसँग पन्छ्याएर देशलाई साँच्चिकै उन्नति र प्रगतिको बाटो तिर लम्काउन वा सफलताको शिखर सम्म पुगाउन सक्ने क्षमता नै युवाको हातमा हुन्छ। युवाहरू बलवान कट्ठोर भएर एक मुठी सास रहन सम्म देशको जिम्मेवारी बोध गरेका हुन्छन् ।

हामी जस्तो युवाहरूले देशले मलाई के दियो होइन मैले देशलाई के दिए भन्ने भावनाबाट प्रेरितु भई युवाहरूले आफ्ना सिर्जनाका कार्य गरेर जस्तोसुकै ढोका खोल्न सक्छन् ।

आफ्नो राष्ट्रका लागि आइपरे आफ्नो ज्यान नै खुकुरीको धारमा राखेर अगाडि बड्छन ताकी आफूमा भएको वीरता लाई मर्न दिदैनन् । तसर्थ देश विकासमा युवामो भुमीका मेरुदण्डका रुपमा लिन सकिन्छ । हामी युवाहरू एक जुट भएर राष्ट्र निर्माणमा अगाडि बढऔं।

बढऔं। बढऔं ॥ बढऔं॥।

विद्यार्थी जीवनमा अनुशासनको महत्व निबंध | Essay on Discipline in Nepali

विद्यार्थी जीवन भनेको बाल्य अवस्था देखि उच्च शिक्षा हाँसिल गरुञ्जेल सम्मको जीवनलाई विद्यार्थी जीवन भनिन्छ भने खास नियम मर्यादा बस्नु नै अनुशासन हो । विद्यार्थी जीवनमा अनुशासनको महत्त्व विशेष रूपमा हुने गर्दछ । विद्यार्थी जीवन भनेको जीवनको पहिलो खुट्‌कीलो हो । यस जीवनमा अनुशासनको पालना गरी विद्यालयको वातावरणलाई सहजर सुन्दर बनाउँदै पढ्ने विद्यार्थी मात्र लगनशील तथा मिहिनेती भएर राम्रोसँग विद्या आर्जन गर्न सक्दछ ।

अनुशासन ले नै विद्यार्थीलाई उज्जवल भविष्यको बाटोतर्फ मार्गे निर्देश गर्दछ । विद्यार्थीहरुले कक्षामा पढ्दा साथीहरुसँग बोल्दा अन्य अतिरिक्त क्रियाकलाप गर्दा अनुशासनको पालना गर्नु पर्दछ । अनुशासन आमाको काखदेखि नै सिकिन्छ । प्रकृतिका हरेक वस्तु नियमानुसार नै चलेका हुन्छन् । बिहान हुन्छ, घाम लाग्छ साँझ पर्छ, फूलहरू फुल्छन्, ऋतुहरू आउँछन् र त्यसैगरी जान्छन् पनि । सबैका आफ्नै इच्छाहुन्छन् ।

जोसुकै मानिसले आ-आफ्नो क्षेत्र वा स्थानमा अनुशासनको पालना गर्नुपर्छ । हरेक मानिसले अनुशासनको पालना गरे मात्र ऊ सभ्य र महान् व्यक्ति कहलाउँछ भने अनुशासनको पालना नगर्दा हत्या, हिँसा र आतङ्क बढेर मानिस चोर, डाँका र धूर्त कहलाउँछविद्यार्थीले पनि उठ्ने, बस्ने काम गर्ने, आराम गर्ने, गृहकार्य गर्ने आदि सबै कुरा नियमअनुसार गर्नुपर्छ।

अनुशासनले विद्यार्थीलाई असल व्यक्ति बनाउँछ । अनुशासित विद्यार्थीले आफ्ना बुबा, आमा, गुरु र समाजको इज्जत राख्दछ । ठूलाको आदर गर्नु, सानालाई माया गर्नु, असहायलाई सहयोग गर्नुजस्ता कुरा विद्यार्थी जीवनकै अनुशासनभित्र पर्न आउँछन् । विद्यार्थी जीवनमा अनुशासनको पालना गर्ने हरेक व्यक्ति राष्ट्रको असल नागरिक भएर स्वास्थ्य, शिक्षा, समाजसेवा, राजनीति, उद्योग, वाणिज्य आदि क्षेत्रमा योग्य भई देश विकासमा वा महत्व पूर्ण योगदान दिन सक्छ ।

आजका विद्यार्थिहरु भोलिका देशका कर्णधार हुन् । देशको भविष्य उनीहरुको हातमा हुन्छु । विद्यार्थी जीवनदेखि नै अनुशासित भएर अघि बढ्यौ भने जीवनमा सधैभरी मान, सम्मान, इज्जत, प्रतिष्ठा प्राप्त गरि आफू आफ्नो परिवार लगायत सिङ्गो राष्ट्रलाई नै सुखी र समृद्ध बनाउन सकिन्छ ।जसरी असल बिहानीले असल दिनको सङ्केत दिन्छ त्यसैले अनुशासित विद्यार्थीले नै जीवनमा पनि अनुशासित हुन सिक्छन् ।

अनुशासित विद्यार्थी जीवनमा कहिल्यै असफल हुँदैन त्यसैले विद्यार्थी जीवनमा अनुशासनको महत्वपूर्ण स्थान अगटेको छ ।

मेरो गांव नेपाली निबंध | mero gaon nepali essay | Nepali Essay

मेरो गाउँ एक सुन्दर छोटो गाउँ हो। यसको नाम गोकुलपुर हो। यो एक अत्यन्त शान्त र आत्मिक वातावरणमा स्थित छ। यो हाम्रो परिवारको निवास स्थल हो र हामीले यहाँ सुखी जीवन बिताउँछौं।
गाउँको स्थान:

गोकुलपुर नेपालको पश्चिमी क्षेत्रमा रहेको छ। यो धेरै राम्रो प्राकृतिक सुन्दरताको साथै पर्यावरण संरक्षणमा समर्पित छ। हाम्रो गाउँ पर्यटन स्थलको रूपमा पनि मानिन्छ।

सामुदायिक जीवन:

गोकुलपुरमा सामुदायिक जीवन धेरै संयोजित छ। हामी एकसाथ धेरै साथीहरूको साथै धेरै उत्सवहरू मनाउँछौं। यहाँका लोकहरू एक-अर्कासँग मिलेर काम गर्छन् र साथै आफ्नो परम्परागत संस्कृति रिजाउँछन्।

सुविधाहरू:

गोकुलपुरमा हामीले पानी, बिजुली, शिक्षा तथा स्वास्थ्य सुविधाहरूको उपलब्धता पाएका छौं। यो हाम्रो गाउँको विकास र समृद्धि को लागि अत्यन्त महत्त्वपूर्ण छ।

समापन:

गोकुलपुर गाउँ नै निजी राज्य हो जहाँ हामी एक साथ जीवन बिताउँछौंयो सुन्दर गाउँ मेरो जीवनको सर्वाधिक महत्वपूर्ण भाग हो।

 होली पर्व : निबन्ध ।Essay on Holi Festival in Nepali ।Nepali Essay

होली हाम्रो देश नेपाल को एक प्राचीन र प्रमुख चाड हो।  यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।  होलीलाई खुशी र रंगको पर्व पनि भनिन्छ ।

 नेपालमा होली पर्व विभिन्न क्षेत्रमा फरक–फरक तरिकाले मनाइन्छ ।  होलीको पहिलो दिन होलिका दहन गरिन्छ ।  होलिका दहनका लागि मानिसहरूले सुख्खा काठ, घाँस र गोबरको थुप्रो जलाएर गीत गाउँछन्।  होलिका दहनको पछाडि एउटा पौराणिक कथा छ ।  यस दिन भगवान विष्णुले आफ्ना भक्त प्रल्हादलाई हिरण्यकश्यप र होलिका राक्षसहरूले दिएको दण्डबाट मुक्त गरेका थिए।

 होलीको दोस्रो दिनलाई धुलेन्डी भनिन्छ ।  यस दिन मानिसहरु रंगहरु संग खेल्छन्।  कतिपयले एकअर्कालाई अबिर–गुलाल पनि खन्याउँछन् ।  होलीमा मानिसहरु एकअर्काको घरमा गएर शुभकामना दिने गर्दछन् ।  गुझिया, हलवा जस्ता स्वादिष्ट परिकार हरेक घरमा बनाइन्छ ।  यो पर्वमा बालबालिका, वृद्ध र युवाबीचको भेदभाव मेटिन्छ ।

 होली पर्वले माया र भाइचाराको सन्देश दिन्छ ।

—————————————————————————

 2. होली पर्व : निबन्ध ।Essay on Holi Festival in Nepali ।

होली (निबन्ध)

नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता युगमा भगवान विष्णुकाँ परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । यो चाडुले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो ।यो पर्व विशेष गरी रंगहरुसँग खेलिने भएकोले यस पर्वलाई रंगहरुको पर्व पनि भनिन्छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुकों पौराणिक कारण र इतिहास छ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चौर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर – लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

इतिहास

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सैना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ।

कुनै पनि रङको प्रयोग गर्नुपूर्व त्यसको फाइदा, बेफाइदा, महत्त्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ। रातो

रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्छन् । अधिकांशलाई मन पर्ने रंग हो- रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि…

विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ। रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। रातो रंग मन पराउने मानिसहरू महत्त्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन् ।

हरियो

हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ। हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्।

उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन्। यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ ।

पहेंलो

यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वासगर्छन् । होली हिन्दू धर्म अवलम्बीहरूको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ। कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ ।

यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ । मनोविज्ञहरूका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।

नीलो

नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील बर्णका भगवान बिष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ ।

त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ। यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् । उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनौविदहरू बताउँछन् । कालो

होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ। यो रंग ईष्या र स्वार्थसँग सम्बन्धित हुन्छ। यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन् । तुरुन्तै रिसाउने खालका हुन्छन् ।

सेतो

धेरैलाई मन पर्ने रंग हो- सेतो। यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन् । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ।