देश विकासमा युवाको भूमिका
देश वा राष्ट्र राजनैतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो। एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमीन नै देश हो। युवालाई देशको लागि एउटा अत्यन्तै महत्वपूर्ण मेरुदण्डका रूपमा लिइन्छ । कुनै पनि देशमा काम गर्नको लागि उपयुक्त वर्ग भनेकै युवा वर्ग हुन् । मनभरि आट साहस अनि तनमा जोस र जाँगर भरिएका र परि आएमा देशका लागि जस्तोसुकै योगदान दिन सक्ने सामर्थ्य राख्ने व्यक्ति नै युवा हुन्। युवा वर्गहरूमा त्यो जोस हुन्छ। जुन जोस, जाँगर अन्यमा हुँदैन । त्यसैले देशको विकास गर्नमा युवा वर्गको अहम भूमिका खेलेको हुन्छ। WHO का अनुसार १६ देखि ४० वर्ष सम्मको समूहलाई युवाका रूपमा चिन्न सकिन्छ ।
बालबालिकाहरु त सानै हुन्छन्। तिनी बालबालिकाहरूले के विकास गर्लान ? वृद्धवृद्धाहरु त झन् अशक्त हुन्छन्, तिन ले त के विकास गर्थे ? बाँकी बचे युवा वर्ग।
युवा वर्गले नै देशको विकास गर्नमा सहयोग गर्छन् । युवावर्ग कहीं पनि नगएर आफ्नै राष्ट्रमै काम गर्ने हो भने, देशको विकास गर्न सकिन्छ । आजसम्मको इतिहासका पानाहरू पल्टाउँदै जाने हो भने प्रत्येक देशका सीमा रेखाहरू त्यहाँका युवाहरूका रगतबाट नै कोरिएका हुन्छन् । युवा राष्ट्र निर्माणको बोझलाई आफ्नो काँधमा धानेर एउटा सम्पन्न र समृद्ध राष्ट्र निर्माणको लागि पछि हट्दैनन् । देशको भौतिक, भौगोलिक र सांस्कृतिक सामाजिक अवस्थालाई विनाशको धरातलबाट विकासको चुचुरोसम्म पुऱ्याउन अनि विपन्नताको अँध्यारो बाट सम्पन्नताको उज्यालो तर्फ लैजानु देश विकास हो। वर्तमान समयमा हेर्ने हो भने हाम्रो नेपालमा दिनप्रतिदिन युवाहरु कामको खोजीमा विदेशीने गरेको पाइन्छ । यसरी युवाहरू दिनप्रतिदिन विदेशीदै गए भने के देशको विकास होला ? विदेशमा बगाउन सक्ने पसिना नेपालकै बाँझा जमिनहरूमा बगाउन सकेको भए हाम्रो देश हराभरा हुन्छ ।
आफ्नै देशमा बस्ने सङ्कल्प गर्ने हो भने यही देशमा विकल्पका धेरै पाटाहरु छन्। आफ्नै देशमा बसी माछा पालन, गाईपालन, कृषि व्यवसाय गर्न सकिन्छ। विदेशमा आफ्नो देशमा भन्दा थोरै बढी पैसा कमाइन्छ। तर आफ्नो देशमा पसिना बगाएर कमाएको पैसा र विदेशमा गएर कमाएको पैसामा फरक हुन्छ । विदेशमा पैसा कमाउँदा मानमर्यादा, इज्जत, ख्याति, प्रतिष्ठा, बढ्दैन। तर आफ्नै देशमा केही सानो सानो व्यवसाय भए पनि गर्न सकियो भने त्यसबाट थुप्रै पैसा कमाउन सकिन्छ ।
हाम्रो देशका कृषि योग्य जमिनहरू धेरै छन् । ती कृषियोग्य जमिनहरुको उपयोग गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ । जस्तै काउली, टमाटर, बन्दा, मुला, जस्ता तरकारीहरु मौसम तथा बेमौसममा उत्पादन गर्ने गर्नुपर्छ । मौसममा उत्पादन गर्दा त्यति फाइदा हुँदैन तर बेमौसममा उत्पादन गर्न सकियो भने राम्रो मुनाफा कमाउन सकिन्छ। बेमौसमी तरकारी, खाद्यान्न, बिउविजन, उत्पादन गरी विदेश निर्यात गर्न सकियो भने अर्थतन्त्रमा
समेत थप टेवा पुग्दछ । यसरी आफ्नै देशमा भएका स्रोत साधन को उपयोग गर्ने हो भने अर्काको मुख ताक्नु पर्ने स्थितिको अन्त्य हुन्छ । नेपालमा भएका प्राकृतिक स्रोत साधनहरूको उपयोग राम्रोसँग गर्न जान्ने हो भने देशले छिटै मुहार फेर्ने छ ।
युवाहरू आजको नवीनतम टेक्नोलोजीको साथ अप टु डेट छन्। तिनीहरू धेरै कामका लागि उपयुक्त छन्। आज युवाहरू जोखिम लिन, चुनौतिहरूको सामना गर्न र आफ्ना लक्ष्यहरू प्राप्त गर्न कडा प्रयत्न गर्न तयार छन् ।
तिनीहरू आफैंमा र आफ्ना क्षमताहरूमा विश्वास गर्छन् उनीहरूको उत्कटतालाई पेशामा बदल्न जुन उनीहरूलाई सफल बनाउँदछ । युवाहरू देशलाई राम्रो ठाउँ बनाउन चाहन्छन् । उनीहरूले राष्ट्रको प्रणालीको आलोचना गर्न सक्दछन् र समाजलाई अझ राम्रो ठाउँ बनाउने दिशामा परिवर्तन ल्याउन सक्छन्।
राष्ट्र निर्माणका लागि सबै युवाहरू एकजुट भएर अगाडि बढ्यो भने जस्तो सुकै बाधा अर्चन र अप्ठ्यारा बाटाहरू आए पनि सजिलोसँग पन्छ्याएर देशलाई साँच्चिकै उन्नति र प्रगतिको बाटो तिर लम्काउन वा सफलताको शिखर सम्म पुगाउन सक्ने क्षमता नै युवाको हातमा हुन्छ। युवाहरू बलवान कट्ठोर भएर एक मुठी सास रहन सम्म देशको जिम्मेवारी बोध गरेका हुन्छन् ।
हामी जस्तो युवाहरूले देशले मलाई के दियो होइन मैले देशलाई के दिए भन्ने भावनाबाट प्रेरितु भई युवाहरूले आफ्ना सिर्जनाका कार्य गरेर जस्तोसुकै ढोका खोल्न सक्छन् ।
आफ्नो राष्ट्रका लागि आइपरे आफ्नो ज्यान नै खुकुरीको धारमा राखेर अगाडि बड्छन ताकी आफूमा भएको वीरता लाई मर्न दिदैनन् । तसर्थ देश विकासमा युवामो भुमीका मेरुदण्डका रुपमा लिन सकिन्छ । हामी युवाहरू एक जुट भएर राष्ट्र निर्माणमा अगाडि बढऔं।
बढऔं। बढऔं ॥ बढऔं॥।