Tag Archives: नेपाली

भैरव अर्याल जीवनी । Biography of Bhairav Aryal in Nepali

नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रका ख्यातिप्राप्त प्रतिभा भैरव अर्यालको जन्म वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका थिए । उनको आमाको नाम खेमकुमारी अर्याल र बुवाको नाम होमनाथ अर्याल होउनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन् । भैरव अर्याल साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन् ।अर्यालका काउकुती, जयभुँडी, गलबन्दी, इतिश्री, दश औतार लगायत कृति प्रकाशित छन् ।

समाजका विभिन्न क्षेत्रका विसङ्गति प्रति व्यङ्ग्य गर्दै उनले कुतकुत्याउने शैलीका कारण पाठकलाई व्यङ्ग्यको तीतो- टर्रो ग्रहण योग्य बनाएको पाइन्छ । नेपालीमा एम. ए., साहित्य रत्न र संस्कृतमा मध्यमासम्म को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरे । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीं पत्रकार नियुक्त भएका हुन् र पछि गोरखापत्रको सम्पादन समूहमा रहे।

‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे । ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रहयो। कविता लेखनबाट साहित्य यात्रा शुरुवात गरेका भैरव अर्यालले २०१३ सालमा हास्यव्यङ्ग्यात्मक निबन्धका माध्यमबाट नेपाली निबन्ध विधामा प्रवेश गरेका हुन् । कविता लेखनसँगै निबन्ध लेखनको पूर्वाअभ्यास गरेका अर्यालले २०१३ सालमा ‘खोलापारिका पुरेत बाजे निबन्ध ‘हालखबरु पत्रिकामा प्रकाशित गराएर औपचारिक रूपमा निबन्ध यात्रा शुरु गरेका हुन् ।

उनका काउकुती (२०१९), जयभुँडी (२०२२), गलबन्दी

(२०२६) इतिश्री (२०२८), दस औतार (२०३३) र टेढो ऐना (२०६३)जस्ता हास्यव्यङ्यात्मक निबन्ध सङ्ग्रहरू प्रकाशित छन् । उनका टेढो ऐना बाहेकका निबन्ध सङ्ग्रहहरूलाई भैरव पुरस्कार गुठीले २०६० सालमा भैरव अर्यालका हास्यव्यङ्ग्य शीर्षकको स‌ङ्ग्रहमा सङ्ग्रहित गरेको छ । लगभग १७ वर्षको लेखन अवधिमा यति धेरै निबन्ध नेपाली निबन्ध साहित्यलाई दिने अर्यालले हास्यव्यङ्ग्य निबन्धको विकासमा विशेष योगदान पुर्याएका छन्। साझा कथा, साझा निबन्ध, छ्याकन कविता सङ्ग्रहको सम्पादन गरेका अर्यालले रचना, रत्नश्री, मधुपर्क गोरखापत्र र हालखबर जस्ता पत्रिकाको समेत सम्पादन गरेका थिए। उनले गोरखापत्रको सम्पादकीय फाँटमा जागिरे भएपछि राजनीतिक, सामाजिक र आर्थिक महत्वका समसामयिक लेखहरू लेख्दै खारिएको मस्तिष्कबाट हास्यव्यङ्ग्य निबन्धमा कुशलता प्राप्त गरको देखिन्छ । उनका निबन्धमा हास्यका साथसाथै व्यङ्ग्यका झटाराहरू हानिएका हुन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशको चित्रण उनका निबन्धमा गरिएको हुन्छ। उनी आत्मपरक निबनधकार हुन् । उनलाई सफल बनाउने प्रवृत्ति भने हास्यव्यङ्ग्य नै हो. उनी समाजमा भएका बेथिति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्दछन्। उनले सर्वप्रथम वि. सं. २००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन्। उनको पहिलो रचनाका रूपमा वि. सं. २०१३ मा ‘नव निर्माण’ शीर्षकको कविता प्रकाशित भएको थियो ।

उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमा कलम चलाए। सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति व्यङ्ग्य गर्नु उनको मुख्य विशेषता हो। मानवीय स्वभावमा रहने कमी कॅमजोरीप्रति पनि आलोचना तथा व्यङ्ग्य गर्नु उनका निबन्धको उद्देश्य रहेको देखिन्छ । उनी पाठकलाई हँसाएर व्यङ्ग्यको तितोपनालाई ग्रहण योग्य बनाउन समर्थ छन् । उखान टुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोग गरेर व्यङ्ग्यका लागि आवश्यक पाइनदार भाषाको प्रयोग गर्न पनि उनी खप्पिस छन् ।

नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्य आकाशका कहिल्यै ननिभ्ने तारा हुन् । उनको मृत्यु काठमाडौँको गोकर्णमा वि.सं. २०३३ मा भएको थियो ।

शिक्षा निबन्ध नेपाली। Essay on Education in Nepali | Nepali Essay

शिक्षा

शिक्षालाई समान्य भाषामा ज्ञान प्राप्त गर्नु वा सिक्नु भन्ने हुन्छ । शिक्षा संस्कृत भाषाको शिक्ष धातूबाट उधृत गरिएको हो, जसको अर्थ सिक्नु वा सिकाउनु हुन्छ । त्यस्तै शिक्षालाई अङ्ग्रेजीमा Education भनिन्छ । Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो। Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Education शब्द Educere, Educare, हॅद Education भएको हो। शिक्षा भनेको मानिसलाई बाटो देखाउने एउटा मार्ग हो।

कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा भनेको ज्ञान हो। शिक्षा बिना मानिसको जीवन पूर्ण हुन सक्दैन। मानिसलाई आफ्नो जीवनयापन गर्नका लागि तैयार पार्ने प्रमुख माध्यम नै शिक्षा हो। शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन। मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेका हुँदैन। शिक्षाकै कारण नै यो संसार छ। यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो।

सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला। समाजमा मानिसले जन्मेपछि नै अनेक तवरबाट ज्ञान प्राप्त गरिरहेको हुन्छ । कुनै वस्तु देखेर, सुनेर, छामेर पनि ज्ञान प्राप्त गर्दा सकिन्छ । बालकलै जन्मेपछि आमाको दूध चुस्न आफैँ सक्छ। केही समयपछि बामे सर्छ, उभिन्छ, हिँड्छ। कतिपय कुराहरू आमा, बुवा, दिदी, दाइ, साथीहरूबाट र वातावरणका विभिन्न कुराहरू देखेर पनि सिक्छ। यसरी हामी आफ्ना अनुभवले सिक्छौं, अरूहरूले गरेको देखेर सिक्छौं, पढेर सिक्छौं। जन्मेदेखि नमरुन्जेल केही न केही कुरा हामी सिकिरहेकै हुन्छौं। अर्थात् शिक्षा पाइरहेकै हुन्छौं। हामीलाई आफ्नो जीवन स्वस्थकर बनाउन शिक्षा चाहिन्छ । हामीलाई मानवताको ज्ञान हासिल गर्न शिक्षा चाहिन्छ । हामीलाई उचित तरीकाले जीविकोपार्जन गर्ने ज्ञान तथा सीपसम्बन्धी शिक्षा चाहिन्छ। हामीलाई योग्य नागरिक बन्न शिक्षा चाहिन्छ “मनुष्यको असल गुणको विकास हुनु नै शिक्षा हो।” “नैतिक चरित्रको विकास नै शिक्षा हो।” “अनुभव ग्रिरहने र ती अनुभवलाई परिमार्जन एवं पुनर्गठन गर्दै जाने क्रमिक प्रक्रिया नै शिक्षा हो।” शिक्षा अदान प्रदान गर्ने प्रक्रिया प्राचीन काल देखि चलिदै आएको छ। “विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो” भन्नुलाई शिक्षाको संकुचित अर्थका रूपमा लिईन्छ । यसरी हेर्दा शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो। जस्अन्तर्गत ब्यक्तिको बौद्दिक, शारीरिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो भनि शिक्षाको बास्तबिक अर्थ हो।

शिक्षाका केही बहुचर्चित परिभाषाहरू

पृथ्बीमा ज्ञानभन्दा शुद्द अरु केही छैन । -भागवत गीता आत्मानुभुती नै शिक्षा हो । :- शंकराचार्य प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रूपले बिद्यमान संसारको त्यो सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो ।:-सुकरात “शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ।” :- नेल्सन मण्डेला

यी परिभाषाहरूबाट शिक्षा भन्नाले व्यक्तिले जन्मेदेखि नमरुन्जेसम्म विभिन्न व्यक्ति, संघ, संस्था र आफ्नो नजीकको वातावरणबाट अनुभवहरू प्राप्त गर्दै जानु र यसको आधारमा पुराना अनुभवहरूलाई सुधार्दै जानु भन्ने बुझिन्छउदाहरण एउटा सानो बालकले आगोमा हात हाल्छ, अनि उसले पोलेको अनुभव गर्छ। अर्को पल्टदेखि ऊ आगोदेखि टाढा बस्न थाल्छ ।

मानिसको जीवनमा शिक्षाले महत्त्व पूर्ण भूमिका खेलेको हुन्छ। शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने एउटा माध्यम हो। शिक्षाले हामीलाई यस कठिन संसारमा कसरी आफ्ना लागि ठाउँ बनाएर बाँच्ने भन्ने कला सिकाउँछ। यसले जीवन कसरी सहज हुन्छ भन्नेबारेमा सिकाउँछ । शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने-गराउने वा पढेने बन्दोबस्त मिलाउने कार्य भन्ने बुझिन्छ। सिकेर पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो।

घरमा खाना पकाउनु, लुगा धुनु, आफ्नो काम आफैं गर्नुभनेको पनि शिक्षा लिनु हो। अहिले शैक्षिक जगत्मा धेरै कुरा सुधार हुँदै आएका छन् । पहिलेको समयमा धेरै विद्यालय थिएनन्। भएका विद्यालयमा पनि केटाहरू मात्र पढ्न पाउँथे। विभेदले जरा गाडेको थियो। केटी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यताले थियो। अहिले समय बदलिँदै आएको छ। छोराछोरी दुवै विद्यालय जान पाउँछन् । शिक्षाकै कारण आज मानिस अन्तरिक्षमा पुगेका छन्।