Tag Archives: नेपाली निबंध

फ्लोरेन्स नाइटिङ्‌गेल जीवनी नेपाली । Biography of Florence Nightingale

फ्लोरेन्स नाइटिङ्‌‌गेल (जीवनी)

फ्लोरेन्स नाइटिङ्गेल (Florence Nightingale) को जन्म १२ मे १८२० इटालीमा जन्मेकी थिइन् । इटालीको फ्लोरेन्स भन्ने ठाउँमा जन्मेकीले उनको नाम फ्लोरेन्स नाइटिङ्गेल हुन गएको हो। उनीलाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ । दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई “द लेडी विद द ल्याम्प” (बर्ती लिएकी केटी) भनेर पनि चिनिन्छ। फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा भएको थियो ।

नाइटिङ्गेलको बाल्यकाल सुखसयलमा बितेको थियो । उनले राम्ररी पढ्नेलेख्ने मौका पाएकी थिइन्। सानै उमेरमा फ्लोरेन्स नाइटिङ्गललाई रोगी बिरामीको सेवा गर्ने इच्छा भयो। त्यसैले उनले नर्स हने विचार गरिन्। त्यति बेला नर्सको काम राम्रो मानिदैनथ्यौ। हुने खाने मानिसका छोराछोरीले नर्सको जागिर खँदैनथे । नाइटिङ्गेलका आमा बुवाले नाइटिङ्गेललाई नर्स बन्नु हुँदैन भनेर सम्झाए। तर उनीहरुले नाइटिङ्गेलको मन फर्काउन सकेनन्। नर्स बन्ने कुरा भुल्छे कि भनेर उनीहरुले नाइटिङ्गेललाई रोम (इटालीको राजधानी) घुम्न पठाए। तर उनी नर्स बनेरै छाड्ने अठोट गरेर चाँडै रोमबाट घर फर्किन्। उनी विद्यालय र अस्पताल घुम्न मन पराउँ थिन। सन् १८४९ मा उनले युरोपका धेरै मुलुकको भ्रमण गरिन् । यस भ्रमणबाट उनले धेरै अस्पतालहरु हेर्ने मौका पाइन् । पहिलेको समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुसार गर्ने कार्य उतिसारो हुँदैनथ्यो। त्यसमा पनि उच्च घरानियाँ मानिसले नर्सिङको काम गर्न त बर्जित अथवा जात जाने किसिमको काम ठानिन्थ्यो। फ्लोरेन्सले त्यसबेलाको पुरातनबादी सोचलाई चिर्दै नयाँ युगको सुरूवात गरेकी थिइन् ।

सन् १८५३ मा बेलायतको लन्डन सहरको चन्डोज भन्ने ठाउँमा बिरामी महिलाको उपचार गर्ने नर्सिङ होम अस्पताल खोलियो। नाईटिङ्गेलले त्यस नर्सिङ होमको रेखदेख गर्ने जिम्मा पाइन् । उनी बिरामीको सरसफाइमा धेरै ध्यान दिन्थिन्। बिरामीलाई स्वच्छ हावा आउने कोठामा सुताउँथिन् । उनको सेवाले धेरै बिरामी खुसि भए। उनको नाम धेरै ठाउँमा फैलियो। त्यसपछि फ्लोरेन्स नाइटिङ्गेललाई विभिन अस्पतालमा काम गर्न बोलाउन थालियो। अक्टोबर १८५४मा उनले ३८ महिलाहरूको एउटा दल तयार गरी घाइतेको सेवामा टर्की पठाइन् । यही समयमा रुस र टर्की भन्ने दुई देशका बिचमा लहुँई सुरु भयो । त्यो अस्पतालमा घाइते सैनिकले भरियो। त्यहाँ डाक्टर, नर्स र औषधी नपुग भएको कुरा पत्रपत्रिकामा छापिन थाले। उपचारको राम्रो व्यवस्था नभएका कारण त्यहाँ धेरै सैनिक मरिरहेका थिए। सो कुरो थाहा पाएपछि नाइटिङ्गेलले त्यस अस्पतालमा गएर काम गर्ने निधो गरिन् । बेलायतको सैनिक अस्पतालले नाइटिङ्गेललाई मुख्य नर्स बनाएर क्रिमिया पठाउने भयो।

फ्लोरेन्स नाइटीङ्गेल स्कुतरी अस्पताल पुग्नु अगाडि त्यहाँ भर्न भएका आधाजसो सैनिकको मृत्यु हुने गरेको थियो। उनको सेवा पाएपछि त्यहाँ मर्ने सैनिकको संख्या कम हुन थाल्यो। नाइटिङ्गेल चौबिसै घन्टा घाइते सैनिकको सेवा गर्दथिन् । उनीले बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटीरहेकी हुन्थिन् । रातभर् नुसुति हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उनलाई “द लेडी विद द ल्याम्प” (बत्ती लिएकी केटी) भन्न थालियो । सन् १८५९मा फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा एक नाइटिङ्गेल प्रक्षिक्षण विद्यालयको स्थापना गरिन् । यसै बेला उनले नोट्स अन नर्सिङ पुस्तक लेखिन् ।

जीवनको बाँकी समय उनले नर्सिङको कार्य बढाउने वा यसलाई आधुनिक रूप दिनमा व्यतित गरिन् । सन् १८६९मा उनलाई महारानी भिक्टोरियाले रोयल रेड क्रस सम्मानबाट सम्मानित गरिन्। फ्लोरेन्स नाइटिङ्गेल ९० वर्षको उमेरमा १३ अगस्ट, १९१० मा निधन भयो।

बिरामी बिदा पाउँ बारे । निवेदन । Sick leave application to principal in Nepali


मितिः २०८०/१०/२४

श्रीमान् प्रधानाध्यापक ज्यू,

श्री मसिलाल जन्ता माध्यमिक विद्यालय कुशहा, सप्तरी।

विषयः-बिरामी बिदा पाउँ बारे।

महोदय,

सेवामा सविन्य नम्र निवेदन यो छ की मलाई हिजो राति देखि ज्वरो, रुघा खोकीले ग्रसित भएको छु । त्यसै कारणले म विद्यालयमा उपस्थित हुन सक्दिन । श्रीमान् सँग अनुरोध गर्दछु कि मलाई मिति २०८०/१०/२४ देखि मिति २०८०/१०/३० गते सम्मको लागि एक हप्ताको बिदा स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु। साथै डाक्टरको सल्लाह अनुसार मैले एक हप्तासम्म आराम गर्नु पर्छ भन्नु भएको छ। तपाईको हृदयदेखि आमारी हुनेछु ।

तपाईको आज्ञाकारी छात्र

रविन्द्र कुमार चौधरी

कक्षाः ९ रोल नं.१२

शिक्षाको महत्व नेपाली निबंध।Essay on importance of Education in Nepali

शिक्षाको महत्व

—————————

शिक्षा भनेको मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ शिक्षा भनेको ज्ञान हो। शिक्षा बिना मानिसको जीवन पूर्ण हुन सक्दैन । मानिसलाई आफ्नो जीवनयापन गर्नका लागि तैयार पार्ने प्रमुख माध्यम नै शिक्षा हो। शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ। पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन शिक्षाकै कारण नै यो संसार छ ।

यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । समाजमा मानिसले जन्मेपछि नै अनेक तवरबाट ज्ञान प्राप्त गरेको हुन्छ । कुनै वस्तु देखेर, सुनेर, छामेर पनि ज्ञान प्राप्त गर्दा सकिन्छ । शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने-गराउने वा पढेने बन्दोबस्त मिलाउने कार्य भन्ने बुझिन्छ। सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो।

शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इक्षा वा चाहनाको महत्त्व हो। शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ । शिक्षा विना मानिस ज्ञानले अन्धो नै हुन्छ । शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ। शिक्षाको उज्यालो घामबाट कुनै पनि व्यक्त बञ्चित हुनु भनेको जीवनको गहिराइमा बुझ्न नसक्नु हो, अध्यारो खाडलमा जीवनलाई धकेल्नु हो, शिक्षारुपी…

ज्ञानबाट नै मानिसले राम्रो नराम्रो, असल खराब आदि छुट्याउन सक्छ । सहि बाटोलाई पहिल्याउन सक्छ । यसैबाट मानिस लगनशील इमान्दार र सभ्य नागरिक पनि बन्न सक्छ । त्यसैले जुन गाउँ समाज र राष्ट्रमा मानिस शिक्षित छन् त्यो गाउँ समाज र राष्ट्र सुखी र समृद्धशाली बन्दछ । मानिसलाई पूर्ण जीवन व्यतित गर्नका लागि तयार गर्नु नै शिक्षाको मुख्य उद्देश्य हो । यस्तो महत्वपूर्ण शिक्षाको महत्व मानव जीवनमा अपरिहारय छ । कतिपय समुदायका व्यक्तिहरु अझैपनि शिक्षावाट….

बन्चित भएका छन् । अशिक्षाको कारणले गर्दा अहिले लाखौँ नेपाली युवाहरु बिदेशीन बाध्य भएका छन् । अशिक्षाको कारणले गर्दा आम नेपालीहरु पराइ भूमिमा रातदिन पसिना बगाउन बाध्य भएका छन् । कति नेपालीहरु आफ्नो ज्यान पनि गुमाईरहेका छन् । अशिक्षाको कारणले गर्दा र नेपालमा बेरोजगार भएपछि एउटा सुन्दर सपना बोकेर विदेशिने नेपालीहरु बाकसमा लास भएर नेपाल फर्किन परेका छन् । कति घरवारविहीन भए।

नारी र पुरुष दुवै शिक्षित भए भने मात्र समाज वा राष्ट्रको उन्नति हुन् सक्छ। नारीले पनि पुरुष सरह पढ्न पाउनुपर्ने कुरामा सबैले जोड दिनु अति आवश्यक छ। अझै पनि हाम्रो देशका कतिपय ठाउँमा छोरीहरूलाई पढाउने गरिँदैन। यसरी छोराहरू मात्र शिक्षित भई ठाउँमा छोरीहरू शिक्षित भएनन् भने शिक्षाको कुनै अर्थ रहँदैन। नारीहरू अशिक्षित हुँदा समाज र राष्ट्रको विकास पुरा नभई अधुरो रहन्छ। त्यसै गरी आज शिक्षामा ब्यापारीकरण भइरहेको छ। शिक्षालाई व्यापारको मध्यम बनाई…

करोडौँ रुपैयाँ कमाउनका लागि आज धेरै संख्यामा विद्यालयहरू खुलिरहेका छन् । शिक्षा आर्जन गर्ने कुरा हो । यो किनबेच गर्ने कुरा होइन । छिमेकी मुलुकबाट शैक्षिक प्रमाणपत्र किनेर ल्याई आफूलाई शिक्षित मान्ने महामूर्खहरू पनि हाम्रो समाजमा नभएका होइनन्। प्रमाणपत्र बटुल्न कार्य मात्र शिक्षित हुनु होइन। यस्तो शिक्षाले कुनै पनि नागरिकलाई फाइदा पुर्याउँदैन। हामीले सकेसम्म गुण स्तरीय शिक्षामा जोड दिनु पर्दछ । मुलुकको माटो सुहाउँदै वैज्ञानिक, रोजगार मूलक,

व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो ट्यांकरो रूपमा देखा परको छ। यस्तो शिक्षा दिन सकेका खण्डमा नै व्यक्ति जति र राष्ट्रको उन्नति हुन् सक्दछ अनि यसबाट शिक्षाको महत्त्व पनि झल्किन्छ। शिक्षा मानव जतिको आभूषण वा गहना हो । यसले समाजमा मानिसको इज्जत र मन प्रतिष्ठा बढाउँछ। शिक्षित व्यक्तिको सर्वत्र कदर पनि गरिन्छु । मानिसलाई शिक्षाले आमाले दिने जस्तो सुख पनि कम छैन। यसले मानिसलाई दरो बनाइदिन्छ। त्यसैले शिक्षा वा विद्या कुनैपनि व्यक्ति अनमोल सम्पति हो ।

पढे लेखेको व्यक्तिले कहिले पनि दुख पाउँदैन भन्ने कुरा पनि ठीक छ। अर्कातिर विद्या नभएको मानिस पशु सरह हुन्छ र यसले समाजमा मान पनि पाउँदैन । अशिक्षित मानिस भौतिक दृष्टिले जतिसुकै सम्पन्न भए पनि उसले भित्रि मनका सुख प्राप्त गर्न सक्दैन। आजको युगमा अशिक्षित मानिसले केहीपनि गर्न सक्दैन अनि अशिक्षित नागरिकहरुबाट कुनै पनि राष्ट्रले उन्नति प्रगति गर्न सक्दैन। शिक्षानै हरेक किसिमका उन्नतिको मुहान भएकोले यसैबाट व्यक्ति, समाज, राष्ट्र र विश्वको उन्नति हुन् सक्दछ ।

आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारणले भएको हो। यसले मानिसले भौतिक सुख र आत्मिक सुख दुवै प्रदान गर्दछ । शिक्षाले नै व्यक्ति, जति र राष्ट्रको उन्नतिमा ठूलो टेवा पुर्याउन भएकोले यसको महत्त्व सबैभन्दा माथि रहेको छ । हाम्रो देश नेपालको शिक्षा प्रणाली हेर्ने हो भने धेरै खालका भिन्नता देखिन्छ । कतिपय क्षेत्रहरुमा अहिलेसम्म पनि प्राथमिक बिधालय समेत उपलब्ध छैन । त्यही अन्धकार समाजमा गुन्जिएर शिक्षावाट बन्जित भैरहेका छन् ।.

त्यसैले गर्दा एउटा असल व्यक्ति बनाउनको लागि पनि शिक्षाले महत्वपूर्ण भूमिका खेलेकोहुन्छ । एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षाआबश्यक हुन्छ। शिक्षाको महत्व पनि त्यतिकै आबश्यक छ। एउटा राम्रो स्वस्थकर जीवनयापन गर्नको लागिपनि शिक्षाको महत्व हुन्छ। एउटा समाजमा सम्मानित व्यक्ति भएर जिउनको लागि शिक्षाको महत्व नेपालमै राम्रो रोजगार गर्नकोलागि पनि शिक्षाको महत्व हुन्छ ।

एउटा जीवनको जति महत्व छ त्यतिनै शिक्षाको पनि महत्व छ । जीवनको जति मुल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ । किन कि ? शिक्षा बिनाको जीवन पनि एउटा दृष्टिविहीन व्यक्ति जस्तै हो । एउटा दृष्टिविहीन व्यक्तिसँग सबै कुरा भएता पनि उनीहरु सँग एउटा मात्र कमजोरी हुन्छ । जुन आखाको ज्योति हो । त्यसैले उनीहरु सबै कुरावाट पूर्ण भएपनि उनीहरुले यो संसार हेर्न, देख सकिरहेका हुदैनन् । शिक्षा पनि त्यस्तै हो ।

जति सुकै धन सम्पतिले भरिपुर्ण किन नहोस् तर उसँग शिक्षा छैन भने उसले केही गर्न सक्दैन । शिक्षा छैन भने उसलाई कसरी सम्मान गरेर बोल्नु पर्ने कुराहरु थाहा हुदैन । आफूसँग भएको धनलाई कुसरी सदुपयोग गर्ने जस्ता कुराहरु पनि उसलाई थाहा हुदैन । त्यसैले गर्दा एउटा असल व्यक्ति, परिवार, समाज, समुदाय र राष्ट्र बन्नको लागि शिक्षाको धेरै आबश्यक र महत्त्व हुन्छ ।

 होली पर्व : निबन्ध ।Essay on Holi Festival in Nepali ।Nepali Essay

होली हाम्रो देश नेपाल को एक प्राचीन र प्रमुख चाड हो।  यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।  होलीलाई खुशी र रंगको पर्व पनि भनिन्छ ।

 नेपालमा होली पर्व विभिन्न क्षेत्रमा फरक–फरक तरिकाले मनाइन्छ ।  होलीको पहिलो दिन होलिका दहन गरिन्छ ।  होलिका दहनका लागि मानिसहरूले सुख्खा काठ, घाँस र गोबरको थुप्रो जलाएर गीत गाउँछन्।  होलिका दहनको पछाडि एउटा पौराणिक कथा छ ।  यस दिन भगवान विष्णुले आफ्ना भक्त प्रल्हादलाई हिरण्यकश्यप र होलिका राक्षसहरूले दिएको दण्डबाट मुक्त गरेका थिए।

 होलीको दोस्रो दिनलाई धुलेन्डी भनिन्छ ।  यस दिन मानिसहरु रंगहरु संग खेल्छन्।  कतिपयले एकअर्कालाई अबिर–गुलाल पनि खन्याउँछन् ।  होलीमा मानिसहरु एकअर्काको घरमा गएर शुभकामना दिने गर्दछन् ।  गुझिया, हलवा जस्ता स्वादिष्ट परिकार हरेक घरमा बनाइन्छ ।  यो पर्वमा बालबालिका, वृद्ध र युवाबीचको भेदभाव मेटिन्छ ।

 होली पर्वले माया र भाइचाराको सन्देश दिन्छ ।

—————————————————————————

 2. होली पर्व : निबन्ध ।Essay on Holi Festival in Nepali ।

होली (निबन्ध)

नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता युगमा भगवान विष्णुकाँ परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । यो चाडुले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो ।यो पर्व विशेष गरी रंगहरुसँग खेलिने भएकोले यस पर्वलाई रंगहरुको पर्व पनि भनिन्छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुकों पौराणिक कारण र इतिहास छ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चौर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर – लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

इतिहास

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सैना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ।

कुनै पनि रङको प्रयोग गर्नुपूर्व त्यसको फाइदा, बेफाइदा, महत्त्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ। रातो

रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्छन् । अधिकांशलाई मन पर्ने रंग हो- रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि…

विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ। रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। रातो रंग मन पराउने मानिसहरू महत्त्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन् ।

हरियो

हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ। हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्।

उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन्। यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ ।

पहेंलो

यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वासगर्छन् । होली हिन्दू धर्म अवलम्बीहरूको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ। कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ ।

यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ । मनोविज्ञहरूका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।

नीलो

नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील बर्णका भगवान बिष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ ।

त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ। यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् । उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनौविदहरू बताउँछन् । कालो

होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ। यो रंग ईष्या र स्वार्थसँग सम्बन्धित हुन्छ। यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन् । तुरुन्तै रिसाउने खालका हुन्छन् ।

सेतो

धेरैलाई मन पर्ने रंग हो- सेतो। यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन् । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ।